Saturday, July 23, 2016

सांसद अमरेशलाई देश निकाला गर्न माग गर्दै प्रदर्शन

काठमाडौं । नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहलाई देश निकाला गर्न माग गर्दै नेकपा एमालेसम्वद्ध युवा संघले प्रदर्शन गरेको छ ।
संसदमा बोल्ने क्रममा सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानसिक रोगी भनेपछि हंगामा भएको थियो । एमाले संसदहरुले नियमापत्ति गरेपछि सभामुखले उक्त शब्द रेकर्डबाट हटाउन निर्देशन दिइन् ।
सिंहले संसदमा दिएको अभिव्यक्तिलाई दिएर युवा संघ नेपालले उनलाई देश निकाला गर्न माग गरेको छ । युवा संघले गोगंबु क्षेत्रमा प्रदर्शन गरेको थियो । प्रदर्शनमा युवा संघका अध्यक्ष राजिव पहाडी सहित केही नेता कार्यकर्ताको संलग्नता थियो ।
युवा संघलले भोलि वानेश्वरमा प्रर्दशन गर्ने निर्णय समेत गरेको प्रवक्ता प्रभातबिक्रम कटुवालले जानकारी दिए ।

No comments:

Post a Comment