अमेरिकाको टेक्ससमा तातो हावा भरिएको बेलुनमा
आगलागी हुँदा त्यसमा सवार सबै १६ जनाको मृत्यु भएको छ ।
आगलागीपछि बेलुन टेक्ससको राजधानीबाट करीब ५० किलोमिटर दक्षिणी
क्षेत्रस्थित खेतमा खसेको त्यहाँको सञ्चारमाध्यमलाई उद्धृत गर्दै बिबिसीले
जनाएको छ ।
स्थानीय अधिकारीले बिजुलीको तारमा ठोक्किएर बेलुनमा आगो लागेको हुनसक्ने
अनुमान गरेपनि पुष्टि हुन बाँकी छ ।
दुर्घटना स्थानीय समयअनुसार बिहान ७ बजेर ४० मिनेटमा भएको थियो । एक
घण्टाका लागि उडेको बेलुन आधा घण्टामै खसेको थियो ।
No comments:
Post a Comment