Wednesday, July 20, 2016
संविधान संसोधनमार्फत मधेसको समस्या समाधान गरौःडा. भटटराई
जनकपुर
नयां शक्ति नेपालका संयोजक एवं पुर्व प्रधानमन्त्री डा. बाबुराम भटटराईले सिमांकनमा देखिएको समस्यालाई समाधान गरिएको अवस्थामा मात्रै नेपाल प्रगतिको बाटोमा जाने बताउनु भयो । उहाले अहिले सिमांकनको विषयमा देखिएको असंतुष्टिलाई समाधान गर्नको लागि आयोग अन्तरिम संविधान अनुसार निकास खोज्नुपर्ने बताउनुभयो । भटटराईले सिमाकंन
जनकपुरबाट प्रकासित हुने प्रदेश पत्र साप्ताहिक पत्रिकाको विमोचन कार्यक्रममा बोल्दै भटटराईले नेपालमा बहुल संस्कृति सहितको ईन्द्रेणी राष्ट्रयताको आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै नयां शक्ति नेपालका सह अध्यक्ष रामचन्द्र झाले अहिलेको पहिचान र अधिकारको संर्घषमा पत्रपत्रिकाहरुको भुमिका महत्वपुर्ण रहेको बताउनुभयो ।
मा देखिएको असंतुष्टिलाई संविधान संसोधन मार्फत नै समाधान खोज्नुपर्ने बताउनुभयो । उहाले अहिले शासन सत्तामा रहेका व्यक्तिहरुले अरुको जातिय पहिचानलाई स्वीकार नगर्ने परिपाटीको कारणले समस्या आएको बताउनुभयो ।भटटराईले नेपाल खस आर्य थारु र मधेसीको संयुक्त पहिचानबाट नेपालमा पहिचान निर्माण भएको बताउदै यसलाई अहिले शासनमा रहेको केही व्यक्तिहरुले समाप्त पार्न खोजेको आरोप लगाउनुभयो । उहाले भन्नुभयो–सदियौ देखि एउटा वर्ग र एउटा जातिय पहिचानले नेपाल बनाउन खोजि भएको बताउदै जो नेपालको दुर्भाग्य पुर्ण रहेको छ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment