Wednesday, July 20, 2016
जनकपुरमा पापनी आमाहरु सन्तान जन्माउदै फालदै
जनकपुरधाम । जनकपुर क्षेत्रमा अहिले पापनी आमाहरुको आतंक बढेको छ। श्रीमानहरु वैदेशिक रोजगारीको अवस्थामा जाने गरिएको अवस्थामा उनिहरुले गर्ने गरेको अवैध यौन सम्बन्धको कारणले उत्पादन जन्माएर फाल्ने गरेका छन । समाजिक लोकलाजको कारणले जनकपुरमा अहिले आएर सन्तान जन्माएर फाल्ने क्रम बढेको हो ।
जनकपुर जनकपुर अंचल अस्पताल एरियामा संचालनमा रहेको विभिन्न निजि क्लिनिकहरुमा भ्रण परिक्षणहरु हुने गरिएको छ। कतिपय व्यक्रिहरुले छोरा छोरी भनेर लिंग परिक्षण गराएर गर्भपतन गराउने गरेका छन। भने कतिपयले अवैध रुपमा यौन सम्पर्कबाट जन्मीने गरिएको सन्तानलाई जन्माएर फाल्ने गरेका छन। यस कार्यको लागि जनकपुर एरियामा संचालनमा रहेको विभिन्न अवैध क्लिनिकहरुमा यस्तो कार्यहरु हुने गरिएको छ। यस्तो कार्यहरुलाई रोक्नको लागि स्थानिय प्रशासन र सरोकारवाला निकायले गमभीरता नदेखाएको कारणले समस्या आउने गरिएको छ। खुलेयाम रुपमा खुलेको यस्तो क्लिनिकहरुमा गोरखधन्दाहरु हुने गरिएको छ।
यस सातामा मात्रै दुई जना यस्तै अवैध रुपमा फालिएको अवस्थामा शिशु भेटिएको छ। गत २४ गतेजनकपुरमा फालिएको अवस्थामा एक नवजात शिशु (छोरी) फेला परेकी छिन् । बाह्रबिघाको झाडीमा वेवारिसे अवस्थामा शिशु देखेपछि स्थानीयबासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।
३–४ दिनअघि जन्मेकी छोरी शिशुलाई उद्धार गरी अहिले जनकपुर अन्चल अस्पतालमा लगिएको छ । पछिल्लो समय जनकपुरमा छोरी शिशु फाल्ने क्रम बढेको छ ।
जनकपुरमा छोरी बच्चा फालेको अवस्थामा फेला परेको तीन दिन नवित्दै फेरी फालेको अवस्थामा नवजात बच्चा फेला परेको छ । जनकपुरको बाह्रबिघामैदानको पश्चिमपट्टी झाडीमा फालेको अवस्थामा शुक्रबार दिउँसो करिब ४।५ दिनको छोरी नवजात बच्चा फेला परेको हो ।
बाटो हिड्ने बटुवाहरुले झाडीमा शिशु रोईरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले बच्चालाई तत्कालै उद्धार गरी जनकपुर अंचल अस्पतालमा भर्ना गरेको छ । पछिल्लो पटक जनकपुरमा अनैतिक सम्बन्धबाट जन्मिने छोरा र छोरीलाई फाल्ने क्रम बढेको छ । तीन दिन अघि मात्र जनकपुरको पिडारीचोकदेखि केहि पश्चिम खुल्ला चौरमा फालिएको अवस्थामा करिब ४ दिनको छोरी नवजात शिशु फेला परेको थियो । त्यस अघि बाह्र विघाकै पश्चिमपट्टी छेउमा हत्या गरेर फालिएको अवस्थामा छोरा शिशुको शव फेला परेको थियो । यस्तै दुई महिना अघि मात्र जनकपुरको दशरथ तलाउँ र पिडारीचोक स्थित गोरधोई पोखरीमा हत्या गरेर फालिएको अवस्थामा छोरा शिशु फेला परेको थियो ।
खास गरी बैदेशिक रोजगारीमा गएका केहि पुरुषका श्रीमतीहरु परपुरुषसंग सम्बन्ध राख्दा बसेको गर्भ पछि जन्मेको बच्चा फाल्ने क्रम बढेको सरोकारबालाहरुको आशंका छ । त्यस्तै अनैतिक संम्बन्धबाट गर्भबसेका चेतना भएका महिला जनकपुरका निजी क्लिनिकहरुमा गएर गर्भ तुहाउँने र त्यति चेतना नभएका महिला जन्माएरै शिशुलाई हत्या अथवा त्यसै फाल्ने गरेको बुद्धिजिवीहरुको कथन छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment