स्तनपान : दिगो विकासको प्रमुख आधार भन्ने
नाराका साथ आज विश्व स्तनपान सप्ताह सुरु भएको छ । दिवसका अवसरमा विश्वभर
नवजात शिशुको स्वास्थ जीवनका लागी स्तनपानको महत्व बारेको चेतनामुलक
कार्यक्रमहरु आयोजना गरिएका छन् ।
विश्व स्वास्थ्य संगठन , युनिसेफ तथा स्तनपानको क्षेत्रमा काम गर्ने
विभिन्न संघ संस्थाको आव्हानमा प्रत्येक बर्ष अगस्ट १ तारिखबाट एकसाता
स्तनपान सप्ताह मनाउने गरिन्छ । बच्चा जन्मिएको ६ महिनासम्म आमाको दुधमात्र
खुवाउनु उत्तम मानिन्छ ।
साथै २ बर्षसम्म आमाको दुध खाएका बच्चा स्वस्थ हुने र रोगसंग लड्ने क्षमता
बढ्ने चिकित्सक बताउछन् । प्रत्येक बर्ष संसारभर जन्मिएका ४० प्रतिशत
नाबालकले मात्र पर्याप्त मात्रामा आमाको दुध खान पाउने विश्व स्वास्थ्य
संगठनको अध्ययनले देखाएको छ ।
पर्याप्त मात्रामा आमाको दुध खान पाएका नवजात शिशुमा जण्डिस, निमोनिया,
हैजा लगायतका रोगको जोखिन कम हुने विज्ञ बताउछन् ।
सन १९९२ बाट स्तनपान सम्बन्धी यो सप्ताह मनाउन थालिएको हो । सप्ताहमा
विश्वभर स्तनपान, यसको तरिका, स्तनपानकालागि बच्चाको उमेर, आमा र बच्चाको
जिवनमा स्तनपानको महत्व र यसका दिर्घकालिन फाइदा बारे चेतना जगाउने विविध
कार्यक्रम गरीन्छ ।
No comments:
Post a Comment