दलहरुबीच विवाद चर्किरहेका बेला सभामुख ओनसरी
घर्तीले सहमति जुटाउन पहल तीब्र पार्नुभएको छ । यसैक्रममा सभामुख घर्तिले
आज राष्ट्रपति, कंग्रेस सभापति एवं माओवादी केन्द्रका अध्यक्षसँग
छुट्टाछुट्टै छलफल गर्नुभएको हो ।
भोलिका लागि निर्धारित व्यवस्थापिका संसद बैठकको कार्यसूचीलाई लिएर
दलहरुबीच मतभेद भइरहँदा सभामुख घर्तीले सहमति जुटाउन हिजोबाट सक्रियता
बढाउनुभएको थियो ।
बजेटसँग सम्वन्धित विधेयक पारित नभई अविश्वासको प्रस्तावमा छलफल हुन नसक्ने
सत्तापक्षको अडान तथा अविश्वास प्रस्तावलाई पहिलो पेश गर्नुपर्ने कंग्रेस र
माओवादी केन्द्रको अडानका कारण कार्यसूचीमा मतभेद भएको हो ।
सभामुख घर्तीले पछिल्लो अबस्थाबारे शितल निवास पुगेर राष्ट्रपतिसँग छलफल
गर्नुभएको उहाँका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिनुभयो ।
राष्ट्रपतिसँगको भेटमा सभामुख घर्तीले संसदमा भइरहेका पछिल्ला गतिविधि र
सहमतिका प्रयासबारे जानकारी गराउनुभएको थियो ।
हिजो प्रधानमन्त्री केपी ओलीसँग परामर्शमा सहमति भए कार्यसूची परिवर्तन
गर्न सकिने जनाउ दिएकी सभामुख घर्तीले आज विहान माओवादी केन्द्रका अध्यक्ष
पुष्पकमल दाहाल र नेपाली कंग्रेसका सभापति शेरवहादुर देउवासँग उहाँहरुकै
निवास पुगेर छलफल गर्नुभयो । छलफलका क्रममा घर्तीले कार्यसूचीको विवाद
सहमतिमा टुङ्ग्याउन दुवै नेतालाई आग्रह गर्नुभएको छ ।
No comments:
Post a Comment