महिलाको योनि
तथा पाठेघरको
मुखको संवेदनशीलता
महिलाको यौनांग तथा प्रजनन अंगको कुरा गर्दा योनिको चर्चा धेरै हुन्छ । प्रजनन अंगको कुरा गर्दा पाठेघर, जसमा गर्भको शिशु हुर्कन्छ, त्यसका बारेमा पनि चर्चा हुने गरेको छ । पाठेघर तथा योनिलाई जोड्ने अंग, जसलाई Cervix uteri वा पाठेघरको मुख भनिन्छ, अहिले यसका बारेमा पनि चर्चा हुन थालेकाले जनमानसमा जानकारी बढ्दो छ ।
तपाईंको प्रश्नको जवाफ दिनुभन्दा पहिले योनि तथा पाठेघरको मुखको संवेदनशीलताका बारेमा कुरा गरौं । हामीलाई थाहै छ, हामी विभिन्न इन्द्रियबाट सन्देशहरू ग्रहण गर्छौं र स्नायुको माध्यमबाट ती सन्देश हाम्रो मस्तिष्कसम्म पुग्छ । यौन संवेदनशील अंग अर्थात् यौनांगले यौनसम्बन्धी सन्देश ओसार्ने कार्य गर्छन् र यसको स्पर्श वा घर्षणबाट आएका सन्देश हामीलाई यौन उत्तेजक लाग्छन् ।

सामान्यत: हामीले बुझिआएको
कुरा के हो भने
योनि यौन संवेदनशील अंग
हो
।
यसको घर्षणबाट यौन उत्तेजना
प्राप्त हुन्छ, तर योनिको
बाहिरी एकतिहाइ भागमा मात्र
यस्ता स्नायु हुने भएकाले
उक्त क्षेत्र मात्र यौन
संवेदनशील हुन्छ, न कि
सम्पूर्ण योनि । महिलाको
यौन तथा प्रजजन अंगको
स्नायुलाई विशेषत: दुई किसिममा
भाग लगाउन सकिन्छ, जसमध्ये
एकलाई Somatic भने अर्कोलाई
visceral भनिन्छ । Somatic प्रकारका
स्नायु भएको अंगबाट आएका
सन्देश स्पष्ट (accurate, localized) हुन्छन्
भने visceral किसिमको अंगबाट आएका
सन्देशहरू अस्पष्ट (impresize and
non-localized) हुन्छन् । योनिको
भित्री दुईतिहाइ भाग, पाठेघरको
मुख, पाठेघर, डिम्बवाहिनी नली,
डिम्बाशय अनि वरिपरिका अंगहरूमा
visceral किसिमका स्नायु हुन्छन्,
जसले गर्दा त्यहाँ आउने
सन्देश त्यति स्पष्ट हुँदैनन्
।
यौन चरमसुखको
कुरा
यौन प्रतिक्रिया चक्रको
सन्दर्भमा उत्तेजनाको चरण
(Excitement Phase), Plateau Phase (प्लाटो फेज), चरमसुख
(Orgasm Phase) र Resolution Phase (रिजोलुसन
फेज) हुन्छ । प्लाटो
फेजमा भएको यौन
stimulation निरन्तर रूपमा बढाउँदै
लान सके एउटा यस्तो
बिन्दुमा पुगिन्छ जसमा पुगेपछि
व्यक्ति यौन तनावबाट मुक्त
हुन्छ । यसको अवधि
निकै छोटो हुने भए
पनि मानव यौन जीवनमा
यो
चरणको विशेष महत्व छ,
किनभने यतिबेला नै मानिसले
प्राप्त गर्न सक्ने सुख
वा
आनन्दहरूमध्येको सर्वोत्कृष्ट
सुख अनुभव गर्छ ।
यसैलाई चरमसुख भनिन्छ ।
चरमसुखको चरणमा मांसपेशीहरूमा
निकै तनाव आउँछ र
आफैं खुम्चने तथा खुल्ने
हुन्छ । श्वास–प्रश्वासको
गति तथा मुटुको गति
बढेर दोब्बर हुन्छ र
रक्तचाप निकै बढ्छ ।
महिलाहरूमा पाठेघर तथा
योनिको बाहिरी भाग एवं
शरीरको तल्लो भागका मांसपेशी
खुम्चने तथा फुक्ने हुन्छ
।
पूर्ण चरमसुख पाउँदा यस्तो
मांसपेशी खुम्चने–फुक्ने क्रम
१०
देखि १५ पटकसम्म हुन्छ
।
यतिबेला जुन सुखानुभुति हुन्छ
हामी त्यसलाई चरमसुख वा
स्वर्गीय आनन्द भन्छौं ।
पुरुषहरूको हकमा भने
यो
केही फरक हुन्छ ।
सुरुमा आन्तरिक अंगहरूको खुम्चने
फुक्ने क्रम चल्छ र
वीर्यलाई मूत्रनलीमा धकेल्छ ।
यो
अवस्थामा पुगेपछि स्खलन रोकिन
नसक्ने भएकाले point of no return पनि
भनिन्छ । त्यसपछि मूत्रनली,
लिंग तथा पौरुष ग्रन्थिको
खुम्चने फुक्ने क्रम सुरु
हुन्छ र वीर्य पनि
बाहिर निस्कन्छ ।
के महिलाले
वीर्य स्खलन
भएको थाहा
पाउँछन् ?
माथिको कुराबाट तपाईंले थाहा पाइसक्नु नै भएको हुनुपर्छ कि यदि वीर्य स्खलन योनिको भित्री भाग तथा पाठेघरको मुखमा भएको छ भने खासै थाहा पाउने स्थिति हुँदैन । यो सामान्य कुरा नै हो, तर केही महिलाले केही आएजस्तो अनुभूति गरेका हुन्छन् ।

वीर्य स्खलन योनिबाहिर
वा
भग
क्षेत्रमा भएको स्थितिमा राम्रैसँग
थाहा पाउने स्थिति हुन्छ
।
गुदा मैथुन गर्दा मलाशयमा
वीर्य स्खलन हुँदा भित्री
योनिमा गरिएको भन्दा राम्रोसँग
थाह पाउने स्थिति हुन
सक्छ अनि मुखमैथुनमा वीर्य
स्खलन हुँदा त थाहा
पाइने भैहाल्यो ।
यौन चरमसुख प्राप्त हुने हाराहारीमा श्वास–प्रश्वास बढ्नेदेखि मांसपेशीमा संकुचन आउने अनि पुरुषले आनन्द प्राप्त गर्दा फरक किसिमको आवाज निकाल्ने अनि लिंग भित्र–बाहिर गर्ने कार्य रोक्ने जस्ता कतिपय कुरा गर्छन् । योनिभित्र नै वीर्य स्खलन भएको कुरा स्पष्ट थाहा नभए पनि यी कुराका आधारमा पनि महिलाले पुरुषको वीर्य स्खलन भएको थाहा पाउँछन् ।

No comments:
Post a Comment