Wednesday, July 20, 2016
जलमग्न जनकपुर,अस्पतालको बिरामीलाई समस्या
जनकपुर
गएराति परेको अविरल वर्षको कारणले जनकपुरको जलमग्न बनेको छ। जनकपुरको भानु चौक,मिल्स एरिया,अस्पताल रोड सहितको स्थानहरुमा पानी जमेको छ । त्यसैगरि करिब आधार दर्जन सरकारी कार्यालय समेत डुबाउनमा परेको छ। सबै भन्दा बढि समस्या भने जनकपुर अंचल अस्पतालमा भएको छ। जनकपुर अंचल अस्पतालमा पानी जमेको कारणले उपचारको लागि आउने गरिएको बिरामीलाई भने सास्ती हुने गरिएको छ। घण्टौ पानीमा उभिएर टिकट कटाउनुपर्ने वाध्यता रहेको छ। भारी वर्षाले जनकपुरका भानुचोक, कदमचोक, मिल्स एरिया, विद्यापति चोक र विश्वकर्मा चोक सडक जलाशयमा परिणत भएका छन् । नगरका मुख्य सडक जलमग्न भएपछि आवागमनसमेत प्रभावित भएको छ ।
वर्षाको पानीले यातायात, रासस, वनलगायतका कार्यालयको परिसरमा पानी जमेको छ भने जिल्ला प्रशासन कार्यालय क्षेत्रको सडक पनि हिलाम्य भएको छ । जनकपुर अञ्चल अस्पतालको आकस्मिक उपचार कक्षमा एक फिट पानी जमेको छ । दर्जनौ मानिसको घरभित्र पानी समेत पसेको छ । गत मंगलबारदेखि परेको पानीका कारण जनकपुर जलमग्न भएको हो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment