अफगानिस्तानको
राजधानी काबुलमा शक्तिशाली विस्फोट भएको
छ ।
विदेशीलाई लक्षित गरी विस्फोट गराइएको हो । विदेशीहरु बस्ने गरेको घरको कम्पाउन्डमा लरी बम विस्फोट गराइएको हो । विस्फोटमा चार जनाको संलग्नता रहेको आशंका गरिएको छ ।
तालिवानले घटनाको जिम्मेवारी लिएको छ । बम विस्फोट गराएलगत्तै गोली चलेको आवाजसमेत सुनिएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । घटनास्थललाई सुरक्षाकर्मीले घेरा हालेका छन् ।
नर्थ गेट भारी सुरक्षा व्यवस्था भएको क्षेत्र हो । तीन वर्षअघि पनि यहाँ यस्तै आक्रमण भएको थियो ।
गत साता काबुलमा भएको दुई आत्मघाती बम आक्रमणमा ८० जना मारिएका थिए। घटनामा दुई सय बढी घाइते भएका थिए । उक्त घटनाको जिम्मेवारी इस्लामिक स्टेटले लिएको थियो । एजेन्सी

No comments:
Post a Comment