Saturday, July 30, 2016

यस्ता पाँच खानेकुराले महिला बुढ्यौलीमा पनि जवान देखिनेछन्



हामीमध्ये अधिकांश मानिसलाई जवानीमै यो चिन्ताले सताउन थाल्ने गर्दछ कि यदि बुढ्यौलीमा हातखुट्टा चलेन भने के होला ? त्यतिबेला के होला जतिबेला एक ग्लास पानी लिन पनि अर्कोको साहरा लिनुपर्नेछ ?
एक एक दिन सबै बुढो हुन्छन् नै तर, बुढ्यौलीमा कसैमाथि आश्रित हुनु…. शायद कसैले पनि यस्तो चाहँदैन तैपनि बुढ्यौलीमा कसै कसैमा आश्रित हुनैपर्ने हुन्छ त्यसको तयारी आजैबाट गर्नु राम्रो हुनेछ
पुरुषको तुलनामा महिला चाँडै वृद्धा हुने गर्दछन् यस्तोमा उनीहरुको विशेष हेरचाह आवश्यक हुने गर्दछ विशेषज्ञहरुका अनुसार उनीहरुले पाँच वटा यस्तो सुपर फुड खोजी गरेका छन् जुन दिनहुँ खाँदा महिलाहरुको बुढ्यौलीपन हट्नेछ
एक अध्ययनका अनुसार उमेर रहँदै दिनहुँ सुन्तला, स्याउ, नासपाती, सलादको पात ओखर खाँदा महिलाको बुढ्यौली हटाउनुका साथै क्रियाशीलता पनि कायमै रहन्छ अध्ययनमा अनुसार सुन्तला खानुभन्दा त्यसको जुस पिउनु पनि लाभदायी हुन्छ
डाइटमा बढीभन्दा बढी फलफूल तरकारी सेवन गर्नु, लो सुगर भएको ड्रिङ्क गर्नु, कम नुन भएको खानेकुरा खाँदा बुढ्यौलीमा सहज हुनेछ एजेन्सी


No comments:

Post a Comment