नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र
संघीय गठबन्धन आवद्ध त्रिपक्षीय कार्यदलको बैठक आज पनि बस्दैछ ।
कांग्रेस–माओवादी केन्द्र र आन्दोलनरत संघीय गठबन्धनबीच साझा न्युनतम
कार्यक्रम सहित आगामी निर्वाचनसम्मको रोडम्याप तयार गर्न दलहरुले गत शनिवार
९ सदस्यीय कार्यदल गठन गरेका हुन् ।
मधेश आन्दोलनको मुख्य माग नै सीमाकंन हेरफेर भएकाले त्यसमा प्रष्ट
प्रतिबद्धता आएपछि मात्र सरकार निर्माणमा सहयोग गर्ने गठबन्धनको अडान छ ।
गत असार अन्तिम साता भएको ७ बुँदे सम्झौतामा सीमाकंनको बिषय स्पष्ट रहेकाले
त्यसैलाई आधार बनाएर सहमतिको पहल गर्नुपर्ने प्रस्ताव कांग्रेस–माओवादीको छ
।
सो प्रस्तावमा आन्तरिक छलफल गरी आज थप कुराकानी गर्ने कार्यदलको तयारी छ ।
कार्यदल सदस्य समेत रहेका संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र
श्रेष्ठले आजैको बैठकमा ठोस सहमति हुने सम्भावना कम रहेपनि
कांग्रेस–माओवादीले ठोस प्रस्ताव आए राती अबेरसम्म बसेर भएपनि सहमतिको खाका
तयार गर्ने जानकारी दिनुभयो ।
बैठक साँझ सिंहदरवारमा बस्ने श्रेष्ठले बताउनुभयो ।
No comments:
Post a Comment