सहमतीय सरकार गठन गर्न दलहरु असफल भएपछि
आजबाट बहुमतीय प्रक्रिया सुरु हुने भएको छ । राष्ट्रपति विद्यादेवी
भण्डारीले एकसाताको समय दिदै गत सोमवार सहमतीय सरकार गठनका लागी आह्वान
गर्नुभएको थियो ।
हिजोसम्मको सो समयमा दलहरु सहमतीय सरकार गठनमा गम्भिर नभएपछि राष्ट्रपति
भण्डारीले आज संविधानको धारा २९८ (३) बमोजिम बुहमतीय प्रक्रियाका आधारमा
सरकार गठनका लागि आह्वान गर्न लाग्नु भएको हो ।
त्यसको तयारी स्वरुप राष्ट्रपतिले हिजो प्रधानमन्त्री केपी शर्मा ओली,
कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष
पुष्पकमल दाहाल, राप्रपा नेपालका अध्यक्ष कमल थापा र मधेशी जनअधिकार फोरम
लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसँग संयुक्त छलफल गर्नुभएको थियो ।
राष्ट्रपतिको आह्वान लगत्तै अपरान्ह ३ बजे ब्यवस्थापिका संसदको बैठक बस्नेछ
। संसद सचिवालयका सहप्रवक्ता सुदर्शन कुईकेलकाअनुसार, सम्भवत पर्सि बुधवार
प्रधानमन्त्रीको निर्वाचन गर्ने गरी संसद सचिवालयले कार्यतालिका तय गर्नेछ
।
निर्वाचन अधिकृत तोक्दै आजको बैठकले भोली मनोनयन सहित उमेद्वारको अन्तिम
नामावली प्रकाशन गर्ने र बुधवार निर्वाचन गराउने तयारी संसद सचिवालयको छ ।
कांग्रेस–माओवादी गठबन्धनबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल
उमेद्वार बन्ने पक्का भएपनि एमाले सहितका दलले भने टुङगो लगाएका छैनन् ।
No comments:
Post a Comment