शुक्रबार छलफल थालिएको प्रस्तावमाथि
शनिबारसम्म ३४ सांसदले धारणा राखेका छन् । आइतबार दिउँसो २ बजे छलफल सकिने छ
र प्रधानमन्त्री ओलीले जवाफ दिएपछि मतदान सुरु हुनेछ ।
संसद बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ ।
आइतबार तीनघण्टा अविश्वास प्रस्तावमाथि सांसदहरुले धारणा राख्नेछन् । दिउँसो २ बजेसम्म छलफल भएपछि आधा घण्टा बैठक स्थगित हुनेछ ।
बैठक सरचारु भएपछि प्रधानमन्त्री ओलीले
संसदमा उठेका प्रश्नहरुको उत्तर दिने छन् । अविश्वासको प्रस्ताव फिर्ता
नभएमा मतदान हुने व्यवस्था छ । प्रधानमन्त्री ओली अल्पमतमा रहेका कारण
अविश्वासको प्रस्ताव पारित हुने निश्चितजस्तै छ ।
व्यवस्थापिका–संसदमा अहिले ५९४ सांसद छन् ।
बहुमत पुग्न २९८ सांसद आवश्यक पर्छ । शनिबार सत्ता सहयोगी दल मधेसी
जनअअधिकार फोरम लोकतान्त्रिक र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन
फिर्ता लिएपछि अब प्रधानमन्त्रीलाई आफ्नै दल एमालेको १८२ सहित अन्य केही
साना दलको सांसदको साथ छ ।
अविश्वासको प्रस्ताव २९ असारमा दर्ता भएको थियो ।
No comments:
Post a Comment