Saturday, July 30, 2016
सिंघानिया हत्यामा मारवाडि समुदायका केही व्यक्तिहरु शंका घेरामा
जनकपुरधाम । संचार उद्यमी अरुण सिघानिया हत्यामा केही मारवाडि समुदायका व्यक्रिहरु समेत शंकाको घेरामा रहेका छन । हत्याका सुटर पक्राउ परेपछि सो घटनामा रहस्य निकै गहिरो बनेको छ । घटनामा केही नजिकका व्यक्रिहरु नै सिघानियाको हत्यामा संग्लन हुन सक्ने प्रहरीको अनुमान रहेको छ। सुटरको बयानले समेत सिघानिया हत्यामा निजका नजिकका व्यक्तिहरुको संग्लनता रहेको प्रष्ट भएको छ।
हत्याका सुटर मनक लामाले जिल्ला अदालत धनुषामा गरेको बयानमा प्रहरीले अहिले सम्म गरेको अनुसन्धान भन्दा समेत पृथक व्यक्रिहरुको समेत संग्लनता रहेको देखिएको छ। सिघानिया हत्याको विषयमा जसरी प्रहरीले अनुसन्धान गर्नुपर्ने त्यस अनुसारले गरेको भने देखिदैनन । संजय साहको आफन्तहरुले उच्च स्तरिय छानविन आयोगको मांग गर्दै अनसन सुरु भएपछि केही मारवाडि समुदायका व्यक्तिाहरुको लागि टाउको दुखाईको विषय बनेको थियो । हत्या भएपछि विभिन्न विरोध प्रदर्शन गरेका मारवािड समुदाय भने अहिले अनुन्धान खुकुलो भएको भन्दै प्रहरीको आलोचना हुन थालेपछि उनिहरुको मौनकताले समेत यस्तै संग्लनतालाई प्रष्टाएको छ।
लामाले जिल्ला अदालत धनुषामा गरेको बयानमा भनेका छन–एकलाल सहनीले होली पर्व मनाउन जनकपुर जाऔ भनेपछि म निज योगेन्द्रकै मोटरसाईकलमा चढि जनकपुर आई जनकपुरको रामा होटलमा म एकलाल सहनी,पवन लामा,चनरदीप यादव,विशाल लामा तथा मैले नचिनको अन्य दुई जना समेतलाई ३ फुल रोयल स्टार ५ बोतल बियर खाएपछि म तथा अन्य सबै जना रक्सीले मातिसकेपछि एकलाल सहनीले आज एकजनालाई गोली हान्नु पर्छ,८,१० लाख रुपैया पाइन्छ भेनेकोले मपनि रक्सीले मातिएको र पैसाको पनिलोभ लागि मैलेपनि हुन्छ भनेको छु त्यसपछि त्यहाबाट निस्की संजय सहको पार्टी कार्यालयमा गएका हौ। त्यहा गएपछि फेरि हामी सबै जना मिलि रक्सी खायौ ।रक्सी खाएपछि त्यहा रामविनोद यादव आउनु भयो । मैले निजलाई चिनेको थिइन । एकलालले रामविनोद दाई लाई नमस्कार गर ,संजय दाईको दाहीने हात हो भनेपछि मैले नमस्कार गरेर त्यपसिछ मलाई एकलालले चिनाउदा पहिले पनि गोली चाएको छ भन्दा मैले छैन भने तरपनि एकलाले काम गर्छ चन्दा नगर्नु भनेपछि रामविनोद यादवले आफुले बोकेको झोलाबाट ५,७ वटा बन्दुक निकालि एउटा मैले एउटा पवन लामा, एकलाल सहनी र चनदरीप यादवले एक एक वटा तथा अन्य नचिनेको मानिसले पनि बन्दुक लिए । मलाई बन्दुक चलाउन नआउने भएकाले एकलाल सहनीले मलाई त्यही बन्दुक चलाउन सिकाएको हो । सबै काम गर्दा करिब एक बजि सकेको थियो । सहनी मलाई ठाउ देखाउन लगेको हो । ठाउ फेरि सकेपछि फेरि पार्टी कार्यालयमै फर्केका हो । ५ बजेको समयमा एकलाल सहनी र चनरदीप यादवलाई फोन आयो ।फोन आएपछि म र पवन लामा एउटा वाईकमा चनरदीप यादव र एकलाल सहनी एउटा वाईकमा र अर्को वाईकमा नचिनेको अपरिचत मानिस बसि शिचौकमा आएपछि एकलाल सहनी र मैले नचिनेको अपरिचित मानिसले एकलाललाई देखाई गोली हान भनेपछि म एकछिन अकमकाएर पनि मैले गोली हानेका हु । यो सबै घटना २०६६ साल फाुगुन १७ गते भएको हो । मैले गोली हानी हत्या गरेको हु । त्यसैले राहुल सिघानियाको जाहेरी व्यहोरा साचो हो ।
लामाको बयानलाई नै हेर्नेको भनेपनि घटना निकै संकास्पद र सिघानियाको नजिकका व्यक्तिले सुपारी दिएर मार्न लगाएको देखिन्छ । उनि शिव चौकमा आउने कुरा कसरी पक्का भयो जब कि निजका व्यवसायीक पार्टनर अनुराग गिरिलाई भने सिघानियाले आफु नर्सिंग होममा नआउने बताएका थिए। अर्को तर्फ राम विनोदलाई शिव चोकमा नै आउने कसरी निश्चित भयो र ठाउ देखिाइयो । अर्को तर्फ नवल मुरारकाको घरमा सिघानिया हुदा निजलाई केही व्यक्रिले फोन गरेको र त्यसपछि मात्रै उनि त्यहाबाट हिडि शिव चौक आएका थिए। त्यसले समेत घटनामा निजका समुदायकै नजिकका व्यक्तिहरुको नै संग्लनता देखिएको छ। अर्को तर्फ प्रहरीले सिघानिया सहित केही व्यक्तिको मोवाईल विवरण माग्दा समेत मारवािड समुदायका एक जना महिलाको विवरण मारिएको कारणले गर्दा समेत अनुसनधानमा उनिहरुकै समुदायको संग्लनता रहेको प्रष्ट देखिन्छ । यसले समेत अरुण सिघानिया हत्यामा निजका नजिकका व्यक्रिहरुके संग्लना देखिन्छ । प्रहरीले समाचारको कारणले बनाएर जुन तथ्यहरु अदालतमा प्रस्तुत गरेको छ। त्यो विशद्ध रुपमा काल्पनकी नै रहेको छ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment