गौशाला, २२ भदौ
।
महोत्तरीको जिल्ला अस्पताल
जलेश्वरमा अहिले कुकुरले टोकेको
बिरामीको सङ्ख्यामा अत्यधिक वृद्धि
भएको छ ।
जिल्ला अस्पताल जलेश्वरका
अनुसार पहिले–पहिले फाटफुटरुपमा
कहिलेकाहीँ एक÷दुईवटा
कुकुरले टोकेका बिरामी उपचारका
लागि आउने गरेको जिल्ला
अस्पताल जलेश्वरमा अहिले दैनिक
आठ÷दशजना
कुकुरले टोकेको बिरामी आउने
थालेका छन् ।
सो अस्पतालका चिकित्सक
साकेश कर्णका अनुसार अहिले
कुकुरको प्रजननको बेला, बच्चा
उत्पादन गर्ने बेला र
बच्चा स्याहार–सुसार गर्ने
बेला रहेकाले कुकुरको सम्पर्कमा
जाने, जिस्काउने तथा कुकुरका
बच्चालाई हानि पु¥याउनेलाई
कुकुरले बढी रुपमा टोक्ने
गरेको र सोही कारण
अहिले जिल्ला अस्पतालमा दैनिक
कुकुरले टोकेका बिरामीको चाप
बढ्दै गएको बताउनुभयो ।
जम्मा ६६ गाविस
र
तीन नगरपालिका रहेको महोत्तरीका
विभिन्न गाउँठाउँबाट कुकुरले टोकेको
बिरामी आउनुका साथै जलेश्वर
अस्पतालमा भारतीय बिरामीसमेत उपचारका
लागि आउने गरेको अस्पतालका
मेडिकल सुपरिन्टेन्डेन्ट डा राजीव
झाले बताउनुभयो ।
डा झाले अहिले
कुकुर निक्कै आक्रामक भएका
र
कुकुरलाई हानि–नोक्सानी गर्न
पुगेका बालबालिकालाई बढीरुपमा कुकुरले
टोक्ने गरेको पाइएको बताउनुभयो
।
उहाँले जिल्ला अस्पतालमा कुकुरले
टोकेका बिरामीको चाप निक्कै
बढ्न थालेपछि कुकुरले टोकेका
बिरामीका लागि दैनिक रुपमा
छुट्टै चिकित्सक टोलीको व्यवस्था
गरेर बिरामीलाई सेवा दिइने
गरिएको बताउनुभयो ।
कुकुरले टोकेको प्रत्येक
बिरामीलाई रोगबाट बच्नका लागि
‘प्रोफालेक्सिस’ नामक ‘एन्टिरेबिज
भ्याक्सिन’ दिइने गरिएको छ
भने घाउको प्रकृति हेरी
एकजनालाई तीनदेखि पाँच भाइल
(डोज)सम्म भ्याक्सिन दिनु
परेको जिल्ला अस्पताल जलेश्वरका
प्रमुख डा मणिष पाण्डेले
बताउनुभयो ।
No comments:
Post a Comment