काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चारदिने औपचारिक भ्रमणमा आज त्यसतर्फ प्रस्थान गर्दै छन् ।दोस्रोपटक प्रधानमन्त्री बनेपछि प्रचण्डको यो पहिलो विदेश भ्रमण हो, जुन राजकीय हुनेछ ।
प्रधानमन्त्री प्रचण्ड नेपाल वायुसेवा निगमको जहाजबाट बिहान ११ बजे नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।भ्रमण
दलमा परराष्ट्र मन्त्री डा. प्रकाशशरण महत, भौतिक योजना तथा निर्माण
मन्त्री रहेश लेखकसहित विभिन्न मन्त्रालयका सचिव, वरिष्ठ अधिकृत व्यवसायी
तथा सञ्चारकर्मीको सहभागिता रहनेछ ।नयाँ दिल्ली उत्रिएसँगै
प्रधानमन्त्रीको टोली नयाँदिल्लीस्थित नेपाली राजदूतावासले आयोजना गर्ने
दिवाभोजमा सहभागी हुने कार्यक्रम रहेको छ । चारदिने भ्रमणका क्रममा
प्रधानमन्त्री नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा बस्ने कार्यक्रम रहेको छ ।प्रधानमन्त्री असोज २ गते स्वदेश र्फकने कार्यतालिका रहेको छ ।
No comments:
Post a Comment