साविकको अंचल हालको जिल्ला अस्पताल
रहेको जलेश्वर अस्पतालको अवस्था खस्कदै गएको छ । हालै मात्र अस्पताल
सुदृढीकरण र व्यवस्थापनको लागि मोटो रकम खर्चिए पनि त्यसले अस्पताल भित्रको
आकस्मिक कक्षलाई भने सुधार्न सकिएको छैन । आकस्मिक कक्षभित्र सफा गरिने
घाउ खटिराका साथै विभिन्न चोक पटक र काटिएको घाउहरुमा प्रयोग गरिने
औजारहरुको निर्मलिकरण विना नै प्रयोग गरिदा एचआईभि एडस जस्तो प्राण घातक
रोग सर्न सक्ने खतरा वढदै गएको छ ।
अस्तालको आकस्मिक कक्षमा कार्यरत स्वास्थ्यकर्मीहरुले सो कक्षमा औजारहरु एकाध वाहेक नरहेको र रहेपनि त्यो निर्मलिकरण विना नै प्रयोग भैरहेको बताउछन । अस्पताल जस्तो संवेदनशिल ठाउमा समेत औजारहरुको अभाव भएको र भएभरको औजारहरु समेत सरसफाई विना नै प्रयोग गरिदा उपचार गराउन गएका विरामीहरुमा प्राणघातक रोगहरु सर्ने सम्भावना वढदै गएको हो ।
यस सन्दर्भमा महोत्तरीका जिल्ला स्वास्थ्य प्रमुख मनिष पाण्डेयले २० सेट औजारहरु किनेर स्टोरमा राखिएपनि त्यहाका ईन्चार्जले मांग नगरेको बताउछन । उहाले पर्याप्त जनशक्तीको अभाव र भएको जनशक्ति समेत काममा खासै ध्यान नपुर्याई दिदा अस्पतालको यस्तो अवस्था भएको बताउछन ।
उहाले आकस्मिक कक्षमा औजारहरुको पुर्ती र सो को निर्मलीकरण वारे तुरुन्त कार्यवाही प्रकृया अगाडी वढाउने प्रतिबद्धता जनाएका छन ।

No comments:
Post a Comment