Saturday, September 3, 2016

रौतहटका कृषकहरु माछापालन व्यवसाय तर्फ आकर्षित



रौतहट
रौतहटका कृषकहरु अहिले माछापालन व्यवसाय तर्फ आकर्षित हुन थालेको थोरै लागत मिहिनेतमा राम्रो आम्दानी हुने भएकाले कृषकहरु माछापालन गर्ने तर्फ लागेका छन कृषकहरु माछापालन व्यवसाय तर्फ लागेपछि जिल्लामा अहिले माछापालन व्यवसाय पनि फस्टाउन थालेको कृषकहरु आफनै खेतबारीमा आफनो क्षेमता जतिको पोखरी निर्माण गरेर माछापालन गरिरहेका छन आफुले कठ्ठा खेतमा पोखरी निर्माण गरेर माछा पालन गरेको यसबाट राम्रो आम्दानि हुनेगरेको बताउनुहुन्छ मौलापुरका कृषक ठगा यादव कतिपय अर्काको देखासीखिले पनि माछापालनम लागेको देखिएको आफनो साथीले माछापालन व्यवसाय गरेको देखेर आफु पनि माछापालन व्यवसायमा लागेको बताउनुहुन्छ सरमुजवा बंकुलका अमर शाह   आफुले माछापालन व्यवसाय शुरुगरेदेखी घरखर्च सजिलैसँग चल्नुका साथै आफनो छोराछोरी पनि राम्रोसँग पढिरहेको मलाहिटोलको राम प्रताप माझी बताउनु भयो   कृषकहरुलाई उत्पादित माछा बेच्न धेरै टाढा पनि जानु पर्दैन, उनिहरुले उत्पादन गरेको माछा सजिलै आफनै गाँउघरको बजारहरुमा बिक्रिहुने गरेको बजारमा माछाको माग पनि उच्च रहेको माछा बेच्नैका लागि टाढा जानु नपरेको फेरी मलाहिटोलकै राम सेवक माझी यसरी बताउनुहुन्छ   रौतहटका विभिन्न गाविसका  चार सय ७० हेक्टर क्षेत्रफलको पोखरीमा अहिले कृषकहरुले माछापालन व्यवसाय गरिरहेका छन जिल्लाका कृषकहरुले माछापालन व्यवसायबाट वार्षिक लाखसम्म आम्दानी गर्दै आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको जिल्लाको मलाहि गाविसमा मात्रै सबैभन्दा बढी कृषकहरुले साना ठूल्ला गरी ६० वटा पोखरीमा माछापालन व्यवसाय गरिरहेका छन उक्त गाविस माछा गाँउ भनेर चिनिन थालेको जिल्लामा तीन दशमलव  २५ मेट्रिक टन माछा उत्पादन हँुदै आएको

No comments:

Post a Comment