कालो दिवस कार्यक्रमको तेश्रो दिन आज मधेश आन्दोलनका शहिदहरूको श्रद्धाञ्जली कार्यक्रम कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवामा संघीय गठबन्धन मधेशी युवाको आयोजन, युवा नेता दिपक पाण्डेयको अध्यक्षता तथा नेपाल सदभावना पार्टीका केन्द्रिय अध्यक्ष अनिल कुमार झाको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।
कार्यक्रममा नेपाल सदभावना पार्टीका केन्द्रिय अध्यक्ष अनिल कुमार झा, संघीय समाजवादी फोरमका के स सहसराम यादव, तमलोपाका के स मधुसुदन चौधरी, नेसपाका सह-महासचिव निसार अहमद खाँ, के स रवीन्द्रनाथ मिश्रा, तमसपा के के स मोहम्मद हई, नयाँशक्ति नेपालका के स राम लौटन तिवारी, नेसपा का जिल्ला अध्यक्ष कालीपद शर्मा सहितका नेताहरूले सम्बोधन गर्नु भएको थियो ।
कार्यक्रमलाइ सम्बोधन गर्दै नेपाल सदभावना पार्टीका केन्द्रिय अध्यक्ष अनिल कुमार झाले मधेश आन्दोलन सहित देश र मधेशका सबै आन्दोलनका अमर शहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै अधिकार प्राप्ति नभएसम्म, देशमा शहिद हुनेहरूको क्रम बन्द नहुने तथ्य स्पष्ट गर्नु भयो । वहांले आफ्नै देशमा मधेशीहरुको "अंश र वंश" माथी राज्यपोषित षड़यन्त्र र आक्रमण भैरहेको कुरा बताउनु भयो । वहांले मधेशीको पहिचान, पहूंच, प्रतिनिधित्व, प्रदेश र प्राकृतिक श्रोत एवं राजस्वमा समुचित हिस्सेदारी नदिइएसम्म तथा संबिधान संसोधन गरी नागरिकता, संघियता, समानुपातिक समावेशिकरण, समान जनसंख्याको अनुपातमा प्रतिनिधित्व, मधेशको भाषा हिन्दी, अवधी, भोजपुरी र मैथिलीलाइ मान्यता नदिइएसम्म जारी रहने बताउनु भयो । वहाँले बर्तमान प्रधानमन्त्री प्रचण्डले संबिधान संसोधन गरी मधेशीको मांग सम्बोधन गर्ने आश्वासन र सम्झौता गर्नु भएकोले केहीं समय आन्दोलन स्थगित गरिएको बताउनु भयो ।
No comments:
Post a Comment