लहान, भदौ १९ गते । द्वन्द्वकालमा विस्थापित छोटी भन्सार कार्यालय अझै पुनःस्थापित नहुँदा सीमा क्षेत्रमा तस्करी बढेको छ ।
द्वन्द्व सकिएको एक दशक नाघिसक्दासमेत झाँझपट्टी, शिखाज्योति, औरही र
लगडी गदियानीस्थित छोटी भन्सार कार्यालय पुनःस्थापित नहुँदा यी नाकामा
तस्करी बढेको जिल्ला भन्सार कार्यालयका प्रमुख भूपेन्द्रकुमार कार्कीले
बताउनुभयो ।
छोटी भन्सार कार्यालय पुनःस्थापित नहुँदा राजस्व सङ्कलन प्रभावित हुँदै
आएको छ । द्वन्द्वकालमै विस्थापित भएकामध्ये ठाडी र बरियारपट्टी छोटी
भन्सार कार्यालय भने पुनःस्थापित भइसकेका छन् ।
भारतसँग सीमा जोडिएको सप्तरीका आधा दर्जन नाकाबाट किराना समानदेखि बालुवा, ढुङ्गा र छडलगायत समान अवैध रुपमा निकासी हुने गरेको छ ।
झाँझपट्टी, औरही, शिखाज्योतिलगायत नाकाबाट दैनिक लाखौँ मूल्य बराबरको
किराना समान, लत्ताकपडा, खाद्यान्न, मोटर पार्टस, इलेक्ट्रोनिक्स समान,
बालुवा, ढुङ्गा, स्याउ, काठलगायतका वस्तु अवैध रुपमा निकासी पैठारी हुँदै
आएको छ ।
No comments:
Post a Comment