रौतहट
रौतहटको गरुडा चिनि
मिलमा तालाबन्दी भएको
छ । उखुँ
उत्पादक संघ रौतहटले जिल्लाकै सबभन्दा ठूल्लो
उदयोग रहेको गरुडास्थित श्रीराम सुगर
मिल्समा आज तालाबन्दी गरेको
छ ।
किसानहरुसंग किनेको दुई आर्थिक वर्षको उखुको रकम मिल्सले नतिरेपछि र तिर्ने प्रक्रिया समेत रोकेको कारण मिल्सको कार्यालयमा तालाबन्दी गरिएको उखुँ उत्पादक संघ रौतहटका अध्यक्ष अशोक प्रसाद यादवले बताउनुभएको छ । मिल्सले अझै किसानहरुको उखुँको करिव ७५ करोड रुपैया तिर्न बाँकी रहेको छ । यस्तै मिल्सले बैँकबाट गरिरहेको भुक्तानि समेत बन्द गरेपछि बाध्यभएर कार्यालयमा तालाबन्दी गर्नुपरेको संघका अध्यक्ष यादवले बताए । मिल्सले उखुँ किसानको ९० करोड रकम बाँकी राखेकोमो चालु आर्थिक वर्षमा १५ करोड रुपैया मात्र भुक्तानि गरेको र करिव ७५ करोड बक्यौता राखेको सन्दर्भमा कुनै चासो नदेखाएको संघको अधयक्ष यादवले आरोप लगाउनु भयो ।

No comments:
Post a Comment