सरकारले जिल्ला वन अधिकृतलाई न्याय सम्पादन गर्नको लागि अर्धन्यायिक निकायको गठन गरिएको भएको यस सम्बन्धी तालिमको आभाव रहेको कारणले न्याय सम्पादन सम्बन्धी समस्या आएको छ। न्याय सम्पादन गर्नको लागि तालिमको आभाव देखिएको कारणले गर्दा समस्या आएको हो । जिल्ला वन कार्यालय धनुषामा समेत न्याय सम्पादन सम्बन्धी तालिमको आभाव देखिएको कारणले गर्दा समस्या आएको हो ।
जिल्ला वन अधिकृत विरेन्द्र साहले केही दिन सम्म निमित्त कार्यालय प्रमुख मात्रै रहेको कारणले काम गर्न समस्या आएको थियो । उनिहरुले मुद्दा दर्ता गरेपछि न्याय सम्पादन गर्ने अधिकार नरहेको कारणले गर्दा समस्या आएको हो । अहिले आएर वन अधिकृतलाई न्या सम्पादन सम्बन्धी तालिम दिएको कारणले गर्दा न्याय सम्पादनमा सहज भएको साहले बताए । त्यस कारणले गत वर्ष आफुहरुले १८ थान मुद्दाको फर्छौट गरेको समेत जानकारी दिए ।
वन कार्यालय धनुषालेगत आर्थिक वर्षमा १३ जना पक्राउ परेको र जस मध्ये ३० जनालाई अभियुक्त बनाएको र ४ जना फरार रहेको जानकारी दिइएको छ। त्यसैगरि गत आर्थिक वर्षमा जिम्मेवारी सरेको मुद्दाको संख्या ४८ रहेको छ । जस मध्ये ३९ जना अभियुक्तको मुद्दा फर्छौट गरेर १८ थान मुद्दा फर्छौट गरेको जानकारी दिएको छ ।
वन कार्यालय धनुषाले कुनैकिसिमको आर्थिक लाभ नलिएको निष्पक्ष रुपमा न्याय सम्पादन गरिएको जानकारी दिएको छ ।
No comments:
Post a Comment