Sunday, July 31, 2016

किन केटीहरुले यौन सम्पर्कको प्रस्ताब राख्न सक्दैनन् ?



हाम्रो समाज अझै पनि पुरुषप्रधान यहाँ केटीका भन्दा बढि केटाका निर्णयहरुलाई मान्य हुने गर्दछन् त्यसकारण केटा केटी मायामा परे भने आफ्नो मायाको प्रस्ताव राख्नसमेत केटीलाई धेरै गाह्रो भएको हुन्छ यसो हुदाँ केटालाई केटीसँग उचितअनुचित व्यबहार गर्न उत्प्रेरित गर्ने डर केटीहरुलाई हुन्छ त्यसमाथि पनि यौनसम्पर्क भनेको केटा केटी शारीरिक रुपले संलग्न हुनुपर्ने प्रक्रिया हो  त्यसैले केटीले यौनसम्पर्कको प्रस्ताव राख्न प्राय सक्दैनन्
तर केटाले उचित उत्प्रेरणा दिएपछि मात्र केटीहरु उत्साहित भई यौनब्यबहार गर्ने वा नगर्ने भन्नेबारे निर्णय लिन सक्छन् तर त्यो तथ्य पूर्णरुपमा सत्य चाँहि होईन सधैँ सबै केटीहरुको हकमा यो कुरा लागू नहुन पनि सक्छ कुनै कुनै स्थानमा विभिन्न समय, परिस्थिती, उमेर, तथा समाजअनुसार केटीहरुले पनि यौनसम्पर्कके प्रस्ताव गरेको पाईन्छ




काबुलमा शक्तिशाली विस्फोट, तालिवानले लियो जिम्मा



अफगानिस्तानको राजधानी काबुलमा शक्तिशाली विस्फोट भएको
विदेशीलाई लक्षित गरी विस्फोट गराइएको हो विदेशीहरु बस्ने गरेको घरको कम्पाउन्डमा लरी बम विस्फोट गराइएको हो विस्फोटमा चार जनाको संलग्नता रहेको आशंका गरिएको
तालिवानले घटनाको जिम्मेवारी लिएको बम विस्फोट गराएलगत्तै गोली चलेको आवाजसमेत सुनिएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै बीबीसीले जनाएको घटनास्थललाई सुरक्षाकर्मीले घेरा हालेका छन्
नर्थ गेट भारी सुरक्षा व्यवस्था भएको क्षेत्र हो तीन वर्षअघि पनि यहाँ यस्तै आक्रमण भएको थियो
गत साता काबुलमा भएको दुई आत्मघाती बम आक्रमणमा ८० जना मारिएका थिए। घटनामा दुई सय बढी घाइते भएका थिए उक्त घटनाको जिम्मेवारी इस्लामिक स्टेटले लिएको थियो एजेन्सी

विश्व स्तनपान दिवस आज

स्तनपान : दिगो विकासको प्रमुख आधार भन्ने नाराका साथ आज विश्व स्तनपान सप्ताह सुरु भएको छ । दिवसका अवसरमा विश्वभर नवजात शिशुको स्वास्थ जीवनका लागी स्तनपानको महत्व बारेको चेतनामुलक कार्यक्रमहरु आयोजना गरिएका छन् । विश्व स्वास्थ्य संगठन , युनिसेफ तथा स्तनपानको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाको आव्हानमा प्रत्येक बर्ष अगस्ट १ तारिखबाट एकसाता स्तनपान सप्ताह मनाउने गरिन्छ । बच्चा जन्मिएको ६ महिनासम्म आमाको दुधमात्र खुवाउनु उत्तम मानिन्छ । साथै २ बर्षसम्म आमाको दुध खाएका बच्चा स्वस्थ हुने र रोगसंग लड्ने क्षमता बढ्ने चिकित्सक बताउछन् । प्रत्येक बर्ष संसारभर जन्मिएका ४० प्रतिशत नाबालकले मात्र पर्याप्त मात्रामा आमाको दुध खान पाउने विश्व स्वास्थ्य संगठनको अध्ययनले देखाएको छ । पर्याप्त मात्रामा आमाको दुध खान पाएका नवजात शिशुमा जण्डिस, निमोनिया, हैजा लगायतका रोगको जोखिन कम हुने विज्ञ बताउछन् । सन १९९२ बाट स्तनपान सम्बन्धी यो सप्ताह मनाउन थालिएको हो । सप्ताहमा विश्वभर स्तनपान, यसको तरिका, स्तनपानकालागि बच्चाको उमेर, आमा र बच्चाको जिवनमा स्तनपानको महत्व र यसका दिर्घकालिन फाइदा बारे चेतना जगाउने विविध कार्यक्रम गरीन्छ । 

त्रिपक्षीय कार्यदलको बैठक बस्दै

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र संघीय गठबन्धन आवद्ध त्रिपक्षीय कार्यदलको बैठक आज पनि बस्दैछ । कांग्रेस–माओवादी केन्द्र र आन्दोलनरत संघीय गठबन्धनबीच साझा न्युनतम कार्यक्रम सहित आगामी निर्वाचनसम्मको रोडम्याप तयार गर्न दलहरुले गत शनिवार ९ सदस्यीय कार्यदल गठन गरेका हुन् । मधेश आन्दोलनको मुख्य माग नै सीमाकंन हेरफेर भएकाले त्यसमा प्रष्ट प्रतिबद्धता आएपछि मात्र सरकार निर्माणमा सहयोग गर्ने गठबन्धनको अडान छ । गत असार अन्तिम साता भएको ७ बुँदे सम्झौतामा सीमाकंनको बिषय स्पष्ट रहेकाले त्यसैलाई आधार बनाएर सहमतिको पहल गर्नुपर्ने प्रस्ताव कांग्रेस–माओवादीको छ । सो प्रस्तावमा आन्तरिक छलफल गरी आज थप कुराकानी गर्ने कार्यदलको तयारी छ । कार्यदल सदस्य समेत रहेका संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले आजैको बैठकमा ठोस सहमति हुने सम्भावना कम रहेपनि कांग्रेस–माओवादीले ठोस प्रस्ताव आए राती अबेरसम्म बसेर भएपनि सहमतिको खाका तयार गर्ने जानकारी दिनुभयो । बैठक साँझ सिंहदरवारमा बस्ने श्रेष्ठले बताउनुभयो । 

सरकार गठनको बुहमतीय प्रक्रिया आज सुरु हुने

सहमतीय सरकार गठन गर्न दलहरु असफल भएपछि आजबाट बहुमतीय प्रक्रिया सुरु हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले एकसाताको समय दिदै गत सोमवार सहमतीय सरकार गठनका लागी आह्वान गर्नुभएको थियो । हिजोसम्मको सो समयमा दलहरु सहमतीय सरकार गठनमा गम्भिर नभएपछि राष्ट्रपति भण्डारीले आज संविधानको धारा २९८ (३) बमोजिम बुहमतीय प्रक्रियाका आधारमा सरकार गठनका लागि आह्वान गर्न लाग्नु भएको हो । त्यसको तयारी स्वरुप राष्ट्रपतिले हिजो प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राप्रपा नेपालका अध्यक्ष कमल थापा र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसँग संयुक्त छलफल गर्नुभएको थियो । राष्ट्रपतिको आह्वान लगत्तै अपरान्ह ३ बजे ब्यवस्थापिका संसदको बैठक बस्नेछ । संसद सचिवालयका सहप्रवक्ता सुदर्शन कुईकेलकाअनुसार, सम्भवत पर्सि बुधवार प्रधानमन्त्रीको निर्वाचन गर्ने गरी संसद सचिवालयले कार्यतालिका तय गर्नेछ । निर्वाचन अधिकृत तोक्दै आजको बैठकले भोली मनोनयन सहित उमेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने र बुधवार निर्वाचन गराउने तयारी संसद सचिवालयको छ । कांग्रेस–माओवादी गठबन्धनबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल उमेद्वार बन्ने पक्का भएपनि एमाले सहितका दलले भने टुङगो लगाएका छैनन् । 

सर्वोच्च अदालतका अनुमोदित ११ न्यायाधीशको सपथ ग्रहण अाज

सर्वोच्च अदालतका लागि अनुमोदित ११ न्यायाधीशहरुले सपथ ग्रहण गर्दैछन्।
 
संसदीय सुनुवाइ विशेष समितिले नियुक्तिका लागि  राष्ट्रपति विद्यादेवी भण्डारीलाई गरेको सिफारिस अनुसार नियुक्ति भएलगत्तै नवनियुक्त न्यायाधीशहरुलाई सपथ ग्रहण गराइनेछ। 
 
नवनियुक्त ११ न्यायाधीशलाई सोमबार बिहान १० बजे शीतलनिवासमा एक कार्यक्रमकाबीच राष्ट्रपति भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश सुशीला कार्कीले सपथ ग्रहण गराउने कार्यक्रम रहेको छ। 
 
न्याय परिषदले सर्वोच्च अदालतमा रिक्त पदका लागि ११ न्यायाधीश नियुक्तिका लागि संसदीय सुनुवाइ विशेष समिति समक्ष प्रस्ताव गरेको थियो।
न्याय परिषदको प्रस्ताव अनुसार संसदीय सुनुवाइ समितिमा प्रस्तावित न्यायाधीशरुको सुनुवाइ गरिएको थियो। सुनुवाइ सकिएसँगै समितिले न्यायाधीश नियुक्तिका लागि राष्ट्रपति भण्डारीलाई सिफारिस गरेको हो। 
११ न्यायाधीशको नियुक्तिसँगै सर्वोच्चमा प्रधानन्यायाधीशसँगै स्थायी न्यायाधीशको संख्या २० पुगेको छ। यस्तै पहिलो पटक सर्वोच्चमा महिला न्यायाधीशको संख्या तीन पुगेको छ।  
सर्वोच्च अदालतको न्यायाधीशका लागि पुनरावेदन अदालतका मुख्य न्यायाधीश दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको नाम संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेको छ। यसैगरी वरिष्ठ अधिवक्ता हरिकृष्ण कार्की, अनिलकुमार सिन्हा, प्रकाशमान सिंह राउत र सपना मल्लको नाम पनि समितिले अनुमोदन गरेको छ। 
न्यायपरिषद्बाट २०७२ साल फागुन १८ गतेको निर्णयानुसार उनीहरूलाई अदालतका न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएकामा संसदीय सुनुवाइ विशेष समिति गठनमा भएको ढिलाइ र प्रधानमन्त्री केपी शर्मा ओलीप्रति संसद्मा दर्ता भएको अविश्वासको प्रस्तावका कारण सुनुवाइ पछि सरेको थियो । समितिले गत बुधबार र बिहीबार उनीहरुको सुनुवाइ गरेको हो ।

धेसी मोर्चा प्रचण्ड सरकारमा नजाने, समर्थनका लागि शर्तैशर्त

काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधनको प्रस्ताव व्यवस्थापिका संसदमा दर्ता नभएसम्म प्रचण्ड नेतृत्वमा बन्ने सरकारमा आफ्नो सहभागिता नहुने प्रष्ट पारेको छ । साथै उसले प्रधानमन्त्री निर्वाचनमा पनि सशर्त मात्र समर्थन गर्ने बताएको छ ।
सरकार गठनको तयारीमा रहेका कांग्रेस र माओवादीका शीर्ष नेताहरुले शनिबार मधेसी मोर्चासहित संघीय गठवन्धनका नेताहरुसँग छलफल गरेका थिए ।
छलफलमा भावी प्रधानमन्त्री प्रचण्डले समर्थन र सरकारमा सहभागिताका लागि शर्तहरु के छन् भनेर प्रश्न गरेका थिए । उनले सकेसम्म सरकारमै सहभागी हुन मधेसी मोर्चालाई प्रस्ताव गरे ।
तर, मधेसी मोर्चाले तत्काल सरकारमा नजाने प्रष्ट पारेको छ । मोर्चामा आवद्ध दल संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तमलोपा अध्यक्ष महन्थ ठाकुर, सद्भावना अध्यक्ष राजेन्द्र महतो र रामसपाका अध्यक्ष शरदसिंह भण्डारीले आफूहरु सरकारमा आउने कल्पना नगर्न आग्रह गरे ।
बैठकमा मधेसी मोर्चाका नेताहरुले प्रधानमन्त्री चुनावमा समर्थनका लागि पनि आफूहरु शर्त रहेको बताएका छन् । उनीहरुले मधेस आन्दोलनका क्रममा मृत्यु भएकाहरुलाई सहिद घोषणा, पीडित परिवारलाई क्षतिपूर्ति, घाइतेको उपचार खर्च, मुद्धा फिर्ता र न्यायीक छानविन आयोग गठनको निर्णय पहिलो मन्त्रिपरिषद् बैठकबाटै गर्ने लिखित सहमति भएमात्र प्रचण्डलाई भोट हाल्ने बताएका छन् ।
‘हामी अहिले प्रचण्ड सरकारमा आउँदैनौं भनेर प्रष्ट भनेका छौं’ सद्भावनाका महासचिव मनिष सुमनले भने ।
साथै सीमांकन लगायतका विषयमा सहमति कायम गरी संविधान संशोधन गर्ने समयसीमा तोक्नु पर्ने बताएका छन् । ३/६ महिना भन्ने अवस्था छैन, बढीमा डेढ महिनाभित्र संविधान संशोधनको प्रस्ताव संसदमा लैजाने गरी समयसीमा तोक्नुपर्छ भनेका छौं’ रामसपाका प्रवक्ता केशव झाले भने ।
सहमति अनुसार संविधान संशोधनको प्रस्ताव दर्ता भएपछि भने सरकारमा सहभागी हुन सक्ने उनीहरुले बताएका छन् ।
साथै मधेसी मोर्चाको नेताहरुले स्थानीय निकाय पुनर्संरचनाबारे पनि सहमति हुनु पर्ने बताएको एक नेताले जानकारी दिएका छन् । कांग्रेस र माओवादीले चैतमा स्थानीय चुनाव गर्ने सहमति गर्नुले आफूहरुलाई सशंकीत बनाएको भन्दै मधेसी मोर्चाका नेताहरुले दुई दलको धारणा मागेका छन् ।
जवाफमा कांग्रेस सभापति शेरबहादुर देउवाले आयोगले प्रस्ताव गरेको ५६५ स्थानीय तहमा आफ्नो सहमति नरहेको बताए । यसबारे पार्टीमा छलफल गर्न बाँकी नै रहेको भन्दै उनले सहमति गरेर नै अघि बढ्ने आश्वासन दिए ।
माओवादी अध्यक्ष प्रचण्डले मधेसी मोर्चाले उठाएका अधिकांश मागमा आफूहरु सहमत नै रहेको बताए । उनले सहिद घोषणादेखि उपचार खर्चबारे मन्त्रिपरिषद्बाट निर्णय गराउन तयार रहेको बताए । तर, मधेसी मोर्चाले भने जस्तो पहिलो बैठकबाटै भनेर उनले नभएको एक नेताले बताए ।
साथै उनले मधेसी मोर्चाले उठाएका मागमा सहमतिको प्रस्ताव तयार पार्न कार्यदल गठनको प्रस्ताव राखे ।
संयुक्त कार्यदल गठन
प्रचण्डको प्रस्ताव अनुसार तीन दलबाट तीन-तीन सदस्य रहने गरी कार्यदल गठन गर्ने बैठकमा सहमति भएको छ । कार्यदलले भोलि र पर्सीमा गृहकार्य गरेर सहमतिको प्रस्ताव बनाउनेछ र फेरि संयुक्त बैठक बसेर अन्तिम रुप दिनेछ ।
कांग्रेस र माओवादीसँगको छलफलपछि मधेसी मोर्चा र संघीय गठवन्धनको छुट्टा छुट्टै बैठक बसेको छ । बैठकले कार्यदलमा पठाउने नेताहरुको नाम टुंगो लगाएको छ । कार्यदल सदस्यमा तमलोपाका हृदयेश त्रिपाठी, संघीय समाजवादी फोरमका राजेन्द्र श्रेष्ठ र संघीय लिम्बुवान नेपालका कुमार लिङ्गदेन् छन् ।
कार्यदलमा माओवादी र कांग्रेसले भने सदस्य तोक्न बाँकी रहेको नेताहरुले बताएका छन् ।