Wednesday, August 24, 2016
कुरुप बन्दै जनकपुर,विकासको कुरा सुनेर फिस्स हास्छ जनकपुरवासी
जनकपुरधाम । जनकपुर उद्योग वाणिज्य संघका महासचिव जितेन्द्रप्रसाद साह राजधानी जादा उपप्रधान तथा गृहमन्त्रीसंग भेटे ।समाजिक संजालमा लेखे जनकपुर धाम को समृद्ध बिकश को लागि उप–प्रधान मन्त्री तथा गृहमन्त्री आदरणीय बिमलेन्द्र निधि ज्यु संग भेटे ।
उनले लेखेपछि जनकपुरका व्यवासायी प्रमोद चौधरीले प्रतिक्रिया लेखे–जनकपुरको समग्र विकासका लागि दलगत राजनीति भन्दा माथी उठेर, जनताको हितलाई सिरमा राखेर अगाडि बढ्नु पर्छ अनिमात्र सबैको भलो हुनेछ । सबैको हाथ सबैको साथ ।
पोष्ट गर्ने र प्रतिक्रिया जनाउने दुवै जना नेपाली काग्रेसका खाटी कार्यकर्ता हुन भने निधिको समर्थक पनि तर दुवै जना जनकपुरको विकासको कुरा सुनेर आनन्द लाग्ला तर जनकपुरवासी भने उनिहरुको क्रिया प्रतिक्रियाबाट फिस्स हास्छन मात्रै ।
किन भने जुन व्यक्तिलाई विकास पुरुष भनेर व्याख्या गरिदै त्यो व्यक्रि परिवारको नै जनकपुरमा राज रहेको थियो । तर जनकपुरको विकासको लागि उनिहरुलाई सोच्ने फुर्सत नै भएन । तिन निर्वाचनलाई छाडि दिनेहरु भने नेपालमा भएको पहिलो निर्वाचन देखि नै उहाको परिवारको प्रभुत्व जनकपुर क्षेत्र नम्बर ४मा देखिएको थियो । तर जनकपुरको सडकहरुको अवस्था अलिहे लथालिंग जस्तै रहेको छ । जनकपुरवासीलाई भने अहिले विकासको कुरा सुनेर वाक्क लागि सकेका छन । उनिहरु भन्छन जनकपुरको विकासको लागि कसले ध्यान देला त सबैको आ आफनै दाउ रहेको छ। तर जनकपुरवासीहरु विकासको मुख नहेरेको वर्षो भईसके । जनकपुर दिनप्रतिदिन विकासबाट अल्गीने थालेको छ। विकासको जिम्मेवारी लिएको जनकपुर उपमहानगरपालिकाले प्रकासित गरेको पुस्तकमा समेत जनकपुरलाई धार्मिक नगरिको रुपमा विकास गर्ने भनेर उल्लेख गरेका छन । तर जनकपुरको सफाई दिन नसक्ने उपमहानगरपालिकाले विकासको बाटो त के देला र जनकपुरवासीहरु निरासा व्यक्त गर्ने गरेका छन ।
रंगभुमीको दक्षिणपट्टी रहेको अस्पताल रोड पनि अत्यधिक फोहोर छन् । पूर्वपश्चि राजमार्गमा पर्ने ढल्केबरबाट जनकपुर पुग्ने मध्ये करिब ९० प्रतिशत मानिस रामानन्द चोक हुँदै जानकी मन्दिर पुग्नुपर्छ ।
रामानन्द चौकबाट अस्पताल रोड हुँदै जानकी मन्दिर पुग्नेपर्ने हुन्छ तर, अस्पताल रोड जनकपुरको अन्य रोडभन्दा फोहोर छ। अस्पताल रोडमा च्याउ झै निजी क्लिनिक खुलेका छन् । अधिकांश क्लिनिकले सडकमै सुई, सिरिन्च र अन्य औषधीहरु फाल्ने गरेको देखियो । जसले गर्दा यी सडक पनि कुरुप देखिन्छ । सवारी साधन पार्किङ गर्ने व्यवस्थित स्थल नहुँदा धार्मिक तथा ऐतिहासिक स्थल जनकपुर कुरुप बन्दै गएको छ ।
यसले गर्दा बाहिरबाट जनकपुर आउने सर्वसाधारणलाई सवारी पार्किङ गर्न समस्या भएकाले जथाभावी पार्किङ गर्ने गरेको पाइएको छ ।
जिल्ला सदरमुकाम जनकपुरस्थित व्यवस्थित पार्किङस्थल नहुँदा सेवाग्राहीदेखि घरायसी सामान खरिद गर्न आउने सर्वसाधारणलाई सवारी पार्किङको समस्या भएको छ ।
ऐतिहासिक बाह्रबिघामा जथाभावी एम्बुलेन्स पार्किङ गर्नुका साथै राममन्दिर, जानकी मन्दिर, जनकमन्दिरलगायतका ठाउँमा जथाभावी सवारी पार्किङ गर्नाले जनकपुर कुरुप बन्दै गएको हो ।
दैनिकजसो काम विशेषले आउने सेवाग्राहीको भीड हुने यातायात कार्यालय, आन्तरिक राजस्व कार्यालय, राष्ट्रिय वाणिज्य बैंकलगायतका सरकारी कार्यालयमा सवारी साधन पार्किङस्थल नहँुदा त्यस्ता कार्यालय अगाडि बाटो छेकेर नै सवारी पार्किङ गर्नाले सेवाग्राहीलाई आवतजावत गर्न समस्या भएको छ ।
त्यसैगरी, कदम चोकदेखि भानु, मिल्स एरियामा जथाभावी स्कुल बस गुड्ने पार्किङ गर्ने गरेकाले बाटो हिँड्ने बटुवालाई समस्या हुनुका साथै त्यस क्षेत्रमा ट्राफिक प्रहरीको पातलो उपस्थिति भएकाले स्कुल भ्यान जस्ता बस जथाभावी पार्किङ गरेको पाइन्छ ।
निश्चित पार्किङस्थल नभएकाले जनकपुर बजार अव्यवस्थित देखिनुका साथै बजारमा सामान खरिद गर्न आउनेले पसल अगाडि सडक छेउमा मोटरसाइकल, साइकल र चारपाङ्ग्रे सवारी साधन राखेर किनमेल गर्नुपर्ने अवस्था भएकाले बजारका भित्री सडकमा सवारी साधनको भीड बाक्लो देखिने गरेको स्थानीय व्यापारी बताउँछन् ।
व्यवस्थित पार्किङस्थलको अभावमा जथाभावी सवारी साधन राख्नाले जनकपुरको सौन्दर्य मासिँदै गई कुरुप बन्दै गएकाले सम्बन्धित निकायले यसतर्फ समयमै ध्यान पु¥याउनुपर्ने जनकपुरवासीको माग रहेको छ ।
धार्मिक एवम् पौराणीक महत्व बोकेको जनकपुरको एकमात्र बारहविग्हा रंगभूमी मैदान कुरुप बन्दै गएको छ । सरोकारबालाहरुको उदासिनताका कारण ऐतिहासिक रंगभूमी मैदान कुरुप बन्दै गएको हो ।
सबैको सरोकारको विषय रहेको बारह विग्हाको सौन्दर्यीकरण गर्ने जिम्मा अघिल्लो पटक वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले पाएको हो । भारतको सहयोगमा वारहविग्हा रंगभूमी मैदानको सौन्दर्यीकरण गर्ने कार्य केही वर्ष अघि रोकिएको छ । काम रोकिएका कारण निर्माणाधीन अवस्थामा रहेका पर्खालसहित अन्य संरचनाहरु ठप्प परेको छ । बारहविग्हाको सौन्दर्यीकण गर्ने ठेक्का पाएका निर्माण व्यवसायीले गुणस्तरहीन कार्य गरेको गुनासो बढ्न थालेपछि भारतले हात तानेका छन् ।
वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का प्राविधिकहरुको मिलोमतोमा गुणस्तरहीन कार्य गरेर रकम अनियमितता भएको थियो ।
दुई वर्ष भित्रमा काम पूरा गर्नुपर्ने लक्ष्य रहेपनि पछिल्लो दुई वर्षदेखि काम अघि बढेको छैन् ।
काम अघि नबढेका कारण हाल बारहविग्हाको अवस्था जीर्ण बन्दै गएको हो । वृहत्तरले अधुरो काम पूरा गराउन नसक्दा एक मात्र ऐतिहासिक,धार्मिक एवम् पौराणिक महत्व बोकेको रंगभूमी मैदान बारहविग्हा कुरुप बन्दै गएको हो । पौराणिक कालमा अनुमानित १६ विग्हा बढी जग्गा रहेपनि केही वर्ष यता १२ विग्हाको जग्गा खुम्चिदै गएको छ ।
अभैmपनि पूर्ण रुपले उपयोगमा आउन नसकेको बाटो निर्माण गर्न समेत बारहविग्हाको जग्गा अधिग्रहण गरिएको थियो । बारहविग्हाको पूर्वछेउबाट खोलिएको बाटो अभैmपनि पूर्ण रुपमा उपयोगमा आउन सकेको छैन् । वृहत्तरका तत्कालीन अध्यक्ष दिगम्बर रायले उक्त बाटो निर्माण गर्न लगाएका थिए ।
बारहविग्हाको जग्गा अधिग्रहण गरेर निर्माण गरिएको बाटो अंचल अस्पतालदेखि देवी चौकको सडकमा जोडिएको छ ।
मर्यादा पुरुषोत्तम भगवान रामले धनुष भांचेर जनक नन्दनी सीतासीत स्वय्मबर रचाएको स्थल बारहविग्हाको जीर्णोद्धार तथा सौन्दर्यीकरण पूरा नहुदै सकिएकोले स्थानीयमा नैराश्यता बढेको छ ।
धार्मिक एवम् पौराणिक महत्व बोकेका सम्पत्तिहरुको संरक्षणको जिम्मा गुठी संस्थान, वृहत्तर जनकपुर क्षेत्रीय विकास परिषद, जनकपुर नगरपालिकाको रहेको छ । भारतले १ करोड ८५ लाख रुपैया आर्थिक सहयोग गरेपछि जीर्णोद्धार तथा सौन्दर्यीकरण थालेको थियो । वर्षौ पुरानो पर्खालको डीपीसीमाथि नै पर्खाल जोडने कार्य भएको थियो ।
भारतको सहयोगमा बारहविग्हा मैदानको चौतर्फी पर्खाल निर्माण गरी विभिन्न आकर्षक प्लान्टेशन गरिने उत्तर र दक्षिण गरी चार वटा प्रवेशद्धार बनाइने र उत्तरपट्टी यज्ञशाला निर्माण गरिने योजना थियो ।
अहिले जउनपासँग नगर क्षेत्र सफाइ गर्ने सुइपर ५० जनामात्र रहेका छन् भने फोहर उठाउने सवारीको सङ्ख्या पाँच छ । व्यापारीले ढिलो गरी पसल खोल्ने र पसलबाट निस्कने फोहर सडकमै फाल्ने गरेकाले पनि नगर दुर्ग्न्धित भएको उहाँको भनाइ छ ।
जनकपुरको पहिचानको मुख्य आधार यहाँको मठमन्दिर हुन् । यहाँ देश विदेशबाट आउने पर्यटकमध्ये ९० प्रतिशत भारतीय पर्यटक रहेका छन् तर जनकपुरको दुरवस्था देखेपछि पुनः फर्केर आउने उनीहरुको मन हुँदैन ।सरकारले धनुषालाई सन् २०१७ सम्म खुल्ला दिसामुक्त क्षेत्रका रुपमा घोषणा गर्ने निर्णय लिए पनि यहाँका जनताले जिम्मेवारी बोध नगर्दा खुल्ला ठाउँमा दिसापिसाब गर्ने आम चलन हट्न सकेको छ । नगर क्षेत्रभित्र सार्वजनिक शौचालयको पनि अभाव छ । नगर क्षेत्रको विकासका लागि बर्से्नि आउने अर्र्बौं रुपैयाँ नगरको विकासमा नभएर राजनीतिक भागबन्डामा सकिने भएकाले विकासले गति लिन नसकेको नगरवासीको आरोप छ ।
एसियाली विकास बैंक (एडिबी) ले यहाँको फोहर व्यवस्थापन गर्न डम्पिङ साइटको निर्माणका लागि रु ६८ करोड उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि राजनीतिक खिचातानीले त्यो काम हालसम्म भएको छैन ।
पर्यटकीय दृष्टिकोणले पनि जनकपुर महत्वपूर्ण मानिन्छ । जानकीको ऐतिहासिक मन्दिर, राम मन्दिर, जनक मन्दिरलगायत अनेकन पर्यटकीय गन्तव्य यहाँ छन् तर तिनको सम्बद्र्धन र प्रवद्र्धनतर्फ कसैको ध्यान गएको छैन ।
छिमेकी मुलुक भारतका सहरहरुमा भएका पूर्वाधारका विकाससँगै मिथिलाञ्चलका जनकपुरले पनि आफ्नो पहिचानलाई जीवन्त राख्न सक्नुपर्छ भन्ने आवाज पटकपटक उठ्ने गर्छ तर काम भने त्यस अनुरुप भएको छैन । पर्यटकीय आकर्षणका धेरै सम्भावना भएर पनि यहाँका गन्तव्यस्थलहरु ओझेलमा परेका छन् । यहाँ केही निजी ठूला घर बने पनि सार्वजनिक प्रयोजनका लागि आवश्यक भौतिक पूर्वाधार तयार हुन सकेको छैन ।
यती मात्र कहा हो र । जनकपुरको धार्मिक एवं पुरातात्विक स्थलहरु समेत फोहर फाल्ने ठाउ बन्दै गएको छ। जसको विरोध गर्ने कुनै निकाय नै देखिदैनन ।भगवान् रामसीताको विवाहस्थल जनकपुरको एतिहासिक रंगभूमि (बाह्रबिघा) मैदान फोहोर फाल्ने चौरमा परिणत भएको छ । सौन्दर्यीकरणका लागि झन्डै तीन करोड रकम खर्चिए पनि रंगभूमि मैदानको अवस्था पुरानो स्वरूपभन्दा झनै जर्जर बनेको हो ।
भारतीय दूतावासको अनुदान सहयोगमा बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले पाँच वर्षअघि रंगभूमि मैदानमा २ करोड ५७ लाख रकम खर्चेको बिल भर्पाईमा देखाइएको छ ।
मैदानको सौन्दर्यीकरणको नाउँमा विभिन्न चारवटा योजना बनाएर रकम खर्चिएको हो । तर मैदानको अवस्था हेर्दा कहाँ सौन्दर्यीकरण भएको छ भन्ने स्थान फेला पार्न गाह्रो हुन्छ । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले वृक्षरोपण, गेट निर्माण, पर्खाल निर्माण, मैदानको ठाउँठाउँमा वाक वे निर्माण, हाई मास लाइट जडान, शौचालय निर्माणलगायत शीर्षकमा आव २०६८÷०६९ मा २ करोड ५७ लाख ८९ हजार ७ सय ६७ बजेट विनियोजन गरेको थियो ।
पर्खाल, वृक्षरोपण, वाक वे निर्माणको जिम्मेवारी लिएको काठमाडौंस्थित चन्द्रा एन्ड वसन्त कम्पनीले १ करोड ३२ लाख भुक्तानी लिइसकेको छ तर वाक वे, वृक्षरोपणलगायत कार्य रंगभूमि मैदानमा कहींकतै देखिँदैन ।
महोत्तरी बगडाको सन्नी कन्स्ट्रक्सनले ४८ लाखको ठेक्का पाएर माटोभराइको काम हातपार्यो । तर माटोभराइ कागजमै सीमित भएको हो । वास्तविकतामा उक्त मैदानमा चारैतिर खाल्डाखुल्डीका कारण पानी जम्ने गरेको छ । काम नगरे पनि ४८ लाखको बजेटमध्ये ४७ लाख रकम सन्नी कन्स्ट्रक्सनले पाइसकेको छ ।
सौन्दर्यीकरणको योजनाअनुसार हाइमास लाइट मैदानमा ठड्याइएको छ । परीक्षणका लागि केही समय लाइट बालिए पनि हाल प्रयोजनविहीन बनेको छ ।बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले तीन वर्षअघि लगाइएको ठेक्काको रकम सम्बन्धित निर्माण कम्पनीलाई दिइसकेको छ । कुन आधार र प्रक्रियामा गएर बिल फस्र्योट गरिएको छ त्यस विषयमा बृहत्तरका कार्यकारी निर्देशक जबाफ दिन पन्छिने गरेका छन् ।
बाह्रबिघाको सौन्दर्यीकरण योजना हातपारेको चन्द्रा एन्ड वसन्त, सन्नी कन्स्ट्रक्सन र हिम इलेक्ट्रोनिक्स गणबहाल काठमाडांैले समयमै निर्माणकार्य सम्पन्न गरेन । सम्पन्न गरे पनि गुरुयोजनाअनुरूप नभई ठेकेदार कम्पनीले आफ्नो सहुलियतबमोजिम टालटुल पार्ने काम मात्रै गरेको छ ।
यसले गर्दा अढाइ करोड खर्चिएर सौन्दर्यीकरण गर्ने लक्ष्य राखिएको बाह्रबिघा हाल कुरूप र जीर्ण अवस्थामा पुगेको छ । जनकपुरमा कुनै पनि ठूलो सभासम्मेलन, मेला वा शिविर सञ्चालन गर्नुपर्दा सबैभन्दा उपयुक्त मैदानका रूपमा रंगभूमि भए पनि अहिले संरक्षणको अभावमा यो फोहोरले भरिभराउ भएको छ । जानकी मन्दिरअन्तर्गत पर्ने यो मैदानको संरक्षण संवद्र्धनका लागि मन्दिरका तर्फबाट पनि खासै पहल भएको छैन ।
सडक डिभिजनका अनुसार भिट्ठामोड(जलेश्वर(जनकपुरसँगै धनुषा, महोत्तरी र सर्लाहीका अन्य आठ सडक पनि भारतीय सहयोगमा निर्माण गरिने प्रस्ताव छ । तर, भारतीय निर्माण कम्पनी सम्पर्क्विहीन रहेका कारण ती सडक अलपत्र छन् । भारतीय योजनामा परेका कारण नेपाल सरकारले ती सडकको मर्मतसम्भारका लागि बजेट छुट्याउने गरेको छैन ।
धनुषाका वीरेन्द्रबजार–यदुकुहा–महिनाथपुर (४२ किमि) र जनकपुर–जटही (१४ किमि), महोत्तरीको माईस्थान–गौशाला–सम्सी (२६ किमि), सर्लाहीको नयाँसडक–बरहथवा–मधुवनी, महोत्तरी र सर्लाही जोड्ने जलेश्वर–हरदिया–मलंगवा (६० किमि) तथा नवलपुर–मलंगवा–सोनवर्सा (२९ किमि) सडक भारतीय सहयोगमा निर्माण हुने भनिएको छ । तर, भारतीय निर्माण कम्पनी बेपत्ता भएका कारण ती सडक दिनानुदिन जीर्ण हँदै छन् ।
जनकपुरको समान्य विकासको लागि भएपछि जनकपुरवासीले अग्रसरता देखाएको अवस्थामा समेत जनकपुरको यस्तो आउने थिएन । तर समाजिक संजालमा ठुला ठुला गफ हाक्ने जनकपुरका अगुवाहरु अहिले अरुको आशमा मात्रै बसेका छन। जनकपुरको विकासको लागि उनिहरुको सोच्न फुर्सत समेत छैन । तर समाजिक संजालमा हेर्ने हो भने जनकपुरको सबै समस्याको समाधान नेतासंग मात्रै रहेको भनेर गफ दिन्छ र आफना पक्षका नेताहरुको पक्षपोषण गर्नमा समय खर्च गर्छन ।
हरेक कुरा घोषणामा मात्रै सिमित बन्छ जनकपुरमा
जनकपुरधाम । नेपाल विद्युत प्राधिकरणले केही साता पुर्व मात्रै जनकपुरलाई लोडिंग सेडिंग मुक्त गर्ने निर्णय गरेको थियो । तर निर्णय सार्वजनिक नहुदै जनकपुर उद्योग वाणिज्य संघका पदाधिकारीहरु भने त्यसको श्रय कसलाई दिने भनेर होडवाजी नै चलेको थियो । नेपाली काग्रेसका समर्थक रहेका वाणिज्य संघका पदाधिकारी विमलेन्द्र निधिलाई श्रय दिएका थिए भने एमाले समर्थकले रघुविर महासेठलाई । पछि त्यो निर्णय सार्वजनिक गरियो नेपाल विद्युत प्राधिकरण तर अहिले आएर त्यो निर्णयको नत कार्यान्वयन भएको छ नत विद्युत जाने समस्याबाट जनकपुरवासी मुक्त भएका छन । प्राधिकरणको त्यो निर्णय भने घोषणामा मात्रै सिमिति देखिएको छ । यस विषयमा हिजो नेताहरुलाई श्रय दिएर उनिहरुको भक्त बन्नेहरु भने अहिले मौन देखिएका छन ।
प्राधिकरणले भदौ १ गते मनाउँदै आएको बाषिर्कोत्सवको अवसरमा जनकपुर उपमहानगरपालिकाभित्र विद्युत आपूर्ति नियमित हुने नेपाल विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्रका प्रमुख इन्जिनियर जितेन्द्र कुमार झाले जानकारी दिए ।
प्राधिकरणले पछिल्लो एक सातादेखि जनकपुरमा लोडसेडिङ मुक्तका लागि परिक्षण समेत गरेको थियो । परिक्षण आपूर्ति सफल भएकाले भदौ १ बाट जनकपुर नगर लोडसेडिङ मुक्त भएको प्रमुख इन्जिनियर झाले बताए ।
जनकपुरलाई साउन १३ गते विद्युत चुहावट मुक्त घोषणा गरिसकाकाले अगामी दिनमा अनियमित विद्युत लोडसेडिंगको समस्या नहुने उनले प्रष्ट पारे ।
प्रमुख इन्जिनियर झाका अनुसार धनुषा जिल्लामा दैनिक ४० मेगावाट विद्युत खपत हुने गरेको छ । त्यसमध्ये जनकपुर नगर क्षेत्र भित्र १२ मेगावाट, जिल्लाको ग्रामिण क्षेत्रमा १३ मेगावाट र १५ मेगावाट उद्योग कलकारखानामा खपत हुने गरेको छ ।
‘भारतको मुजफ्फरपुरबाट दैनिक ५० मेगावाट र कटैयाबाट १ सय २५ मेगावाट ढल्केवर विद्युत स्टेशनमा आपूर्ति भइरहेको छ’, प्रमुख इन्जिनियर झाले भने– ‘उक्त आपूर्तिबाट जनकपुरलाई लोडसेडिंग मुक्त घोषणा गरिएको हो । ६ महिना भित्र धनुषा जिल्लालाई नै लोडसेडिङ मुक्त गर्ने नेपाल विद्युत प्राधिकरणको तयारी रहेको छ । यसका लागि आवश्यक तयारी भइरहेको छ ।
तर अहिले आएर दिनहु हुने गरिएको अत्याधिक विद्युत कटौतीको कारणले सर्वसधारणहरु समस्यामा पर्दै आएका छन । स्थानिय राम परिक्षण साहका अनुसार पहिला पहिला त लाइन काटिने समेत पनि थाहा हुन्थ्यो अहिले तर त्यो पनि थाहा हुदैन । कुनैपनि बेला घण्टौ सम्म विद्युत जाने गरिएको कारणले आफुहरुलाई समस्या हुदै आएको छ। उनिहरुका अनुसार लोडसेडिंग नहुने कार्य त घोषणामा मात्रै सिमित बन्दै गएको छ।
विगत तीन वर्षदेखि निर्माणका क्रममा रहेको ढल्केबर सव स्टेशनले पूर्णता नपाउँदा भारतबाट आयात गर्ने भनिएको थप विद्युत् ल्याउन समस्या हुने भएपछि सरकारले चासो व्यक्त गरेको छ ।
आगामी हिउँदमा विद्युत् भार कटौतीलाई सात घन्टामा सीमित गर्न पनि २२० केभी क्षमताको सो सव स्टेशन आगामी मङ्सिरभित्र सम्पन्न गर्नुपर्छ । तर नेपाल विद्युत् प्राधिकरण र चिनियाँ ठेकेदार सिपिजिसिबीच आवश्यक समन्वय हुन नसक्दा सवस्टेशन निर्माण प्रक्रियाले गति लिन नसकेको अवस्थामा ऊर्जा मन्त्रालयले तत्काल सो परियोजना निर्माण सम्पन्न गर्न निर्देशन दिएको हो ।
ऊर्जा मन्त्री जनार्दन शर्मा नेतृत्वको उच्चस्तरीय सरकारी प्रतिनिधि मण्डलले ढल्केबर सव स्टेशनको निर्माण प्रक्रियाका बारेमा चासो व्यक्तगर्दै आयोजना प्रमुख र सम्बन्धित ठेकेदारलाई आगामी चार महिनाभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिएको हो ।
नेपाल र भारतबीच केही समयअघि सम्पन्न ऊर्जा सचिवस्तरीय बैठकले नेपालले माग गरे बमोजिमको विद्युत् भारतले उपलब्ध गराउन सहमति जनाएको थियो । भारतले उपलब्ध गराउने विद्युत् ल्याउन ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन मार्फत विद्युत् उपलब्ध गराउन सहमति भए पनि नेपालतर्फ सवस्टेसन निर्माण प्रक्रियाले गति नलिँदा समस्या उत्पन्न हुँदै आएको छ ।
चिनियाँ ठेकेदारले केही सामान्य समस्या देखाएको छ । नालाबाट पानी व्यवस्थापन, विद्यमान सवस्टेशन नजिक रहेको प्राधिकरणको टावरको स्थानान्तरण र कोलकात्ता बन्दरगाहामा रोकिएको सामान तत्काल छुटाइदिन सरकारसँग माग गरेको छ । ठेकेदारले उठाएको सो विषय जटिल नभएको र सव स्टेशन निर्माण हुने स्थानमा जग्गा सम्याउने र माटो परीक्षणलगायतका काम सकिएकाले आगामी मङ्सिरभित्र आयोजना सम्पन्न गर्न कुनै गाह्रो नहुने सम्बन्धित आयोजनाको दाबी छ ।
ऊर्जामन्त्री शर्माले जुनसुकै विधि र उपाय अपनाएर भए पनि सव स्टेशनको काम सम्पन्न गर्न प्राधिकरणका प्रसारण निर्देशनालय प्रमुख कन्हैया मानन्धर, आयोजना प्रमुख राधेशशरण महतो र चिनियाँ ठेकेदार सिपिजिसिलाई निर्देशन दिएका छन ।
मन्त्री शर्माले भने, हामीसँग समय छैन, आगामी हिउँद लाग्नु भन्दा पहिल्यै सव स्टेशनको काम सम्पन्न हुनुपर्छ । भारतबाट तत्काल ल्याउने भनिएको १५० मेगावाट विद्युत् आउनुपर्छ ।
नेपालतर्फ सव स्टेशनको काम अगाडि नबढेपछि भारतीय पक्षले मोबाइल सव स्टेशन राखेर भए पनि नेपाललाई आवश्यक पर्ने विद्युत् उपलब्ध गराउन तयार देखिएको छ । तर सो प्रक्रिया पनि अगाडि बढ्न सकेको छैन ।
प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्ले मोबाइल सव स्टेशनको विषयमा प्रारम्भिक छलफल मात्रै भएको र कुनै पनि निष्कर्षमा नपुगिएको बताए । काफ्लेले भने “हाम्रो ध्यान स्थायी सव स्टेशन नै भएकाले आगामी हिउँदमा सात घन्टामा विद्युतभार कटौती सीमित गर्न मङ्सिरभित्र काम सम्पन्न गर्न प्रयासरत छौँ । ठेकेदार र सरोकार भएका निकायले तोकेको जिम्मेवारी अनुसार काम गरे निर्माण सम्पन्न हुनसक्छ ।
ठेकेदार सिपिजिसिका प्रतिनिधि फाङले माथिल्लो मस्र्याङ्दीमा कार्यरत एक सय चिनियाँ कामदारलाई यसै साताबाट काममा लगाउने तयारी गरिएको बताए ।
हामीले उठाएका सामान्य समस्या नेपाल सरकारले समाधान गरिदिएको खण्डमा हामी तोकिएको समयमा सव स्टेशनको काम सम्पन्न गर्न सक्छौँ– फाङले भने ।
आयोजना प्रमुख महतोले पनि एकाध दिनभित्रैमा निर्माण कार्यले गतिलिने विश्वास व्यक्त गरे । हामीले मुलुकको आवश्यकता र सरकारको निर्देशनका आधारमा काम अगाडि बढाएका छौ, आवश्यक जनशक्ति उपलब्ध गराउन सहयोग गर्छौ, त्यसो हुँदा मङ्सिरभित्र सव स्टेशन निर्माण सम्पन्न हुन सक्छ– प्रमुख महतोले भने ।
सवस्टेशन निर्माण प्रक्रियाले गतिलिन नसक्नुको पछाडि माटो परीक्षणमा नै १० महिनाभन्दा बढी समय लागेको र परामर्शदाताले अन्य प्राविधिक काममा समय लगाएका कारण पर धकेलिएको गुनासो पनि ठेकेदारले गरेको छ ।
प्रसारण निर्देशनालयका प्रमुख मानन्धरले जुनसूकै समस्या समाधान गर्न प्राधिकरण, प्राधिकरण सञ्चालक समिति र ऊर्जा मन्त्रालय तयार भएकाले कुनै पनि अप्ठ्यारो नमानी काम गर्नुपर्ने बताए ।
दैनिक जानकारी गराउनुस समस्या समाधान गर्छु– मन्त्री शर्मा
त्यसो त ऊर्जामन्त्री शर्माले सव स्टेशन निर्माणमा हुने दैनिक प्रगति र समस्या आफूलाई जानकारी गराउन निर्देशन दिए । ‘‘कुनै समस्या आए मलाई जानकारी गराउनूस, मेरो तहबाट हुने समाधान म गर्छु । मेरो तहबाट हुन नसक्ने समस्याको समाधान प्रधानमन्त्री तहमा लगेर निरुपण गर्छु’’ – मन्त्री शर्माले भने ।
विद्यमान सवस्टेशनमा भारतबाट आयात गरिएको ८० मेगावाट बाहेक अरु विद्युत् थप गर्न सम्भव छैन । कुल ४०० केभी क्षमताको प्रसारण लाइनलाई १३२ केभीमा रुपान्तरण गरेर भारतबाट विद्युत् आयात गरिएको छ । नयाँ सव स्टेशन निर्माण हुनसकेको खण्डमा भारतबाट थप ३०० मेगावाट विद्युत् आयात गर्न सकिने प्राधिकरणका अर्का निर्देशक कुलमान घिसिङ बताउछन ।
महोत्तरीको पनि यस्तै हाल
नेपाल विद्युत प्राधिकरणले धनुषा र महोत्तरी जिल्लालाई लोडसेडिंग मुक्र बनाउने निर्णय गरेको भएपनि धनुषा जस्तै हाल महोत्तरीको समेत रहेको छ ।
वर्षौंदेखि जारी अनियमित विद्युत आपूर्ति समस्याले महोत्तरबासी सास्ती खेप्न बाध्य छन् । प्राधिकरणको तालिकाअनुसार बत्ती नआउँदा यहाँका सर्वसाधारणलाई बिजुली भएर पनि नभएसरह भएको छ।
आकासमा सामान्य गड्याङगुडुङ हुनासाथ, सानोतिनो हावाहुरी चल्नासाथ सदरमुकाम जलेश्वरलगायत जिल्लाको ५१ र धनुषा जिल्लाको तीन गाविससहित ५४ गाविसमा २४ देखि ३६ घन्टासम्म विद्युत अवरुद्ध हुने उपभोक्ता बताउँछन् ।
भारतको डुमरा प्रसारण केन्द्रबाट सात मेगावाट विद्युत सदरमुकाम आयात गरी जलेश्वर शाखाले सदरमुकाम जलेश्वरसहित यहाँका ५१ गाविस र धनुषाको तीनसहित ५४ गाविसमा विद्युतसेवा प्रवाह गर्दै आएको छ । तर, तीमध्ये अधिकांश क्षेत्रका बासिन्दा तालिकाअनुसार विद्युत आपूर्ति नहुँदा हैरान छन् ।
सानोतिनो हावाहुरी चल्नासाथ जलेश्वर केन्द्रबाट वितरित विद्युतसेवा अवरुद्ध हुने गर्छ । गर्मीयाम सुरु भएसँगै बढ्ने विद्युत समस्याले स्थानीय आजित भएको जलेश्वर–५ का सुनील साहले बताए । उनका अनुसार हालको विद्युत समस्या नयाँ नभएर पहिल्यैदेखिको हो । ’बर्से्नि हामी बत्तीको समस्याबाट गुज्रिनुपर्छ,’ साहले भने, ’झन् गर्मी लागेपछि बत्ती भेट्नै मुस्किल हुन्छ, हामीले कसरी बर्खा काट्ने ?’ अत्यधिक गर्मी हुने तराई क्षेत्रमा नियमित विद्युत आपूर्ति नहुँदा सर्वसाधारणको दैनिकी कष्टप्रद हुने गर्छ ।
आयातित विद्युत २४ देखि ३६ घण्टासम्म अवरुद्ध हुनेक्रम नियमित हुन थालेपछि जिल्लाका अधिकांश स्थानमा मोबाइल सेवा, एफएम÷रेडियो, पत्रपत्रिकाको नियमित प्रकाशन तथा प्रसारण गर्न सकिइरहेको छैन ।यति हुँदा हुँदै पनि प्राधिकरणले समस्या न्यूनीकरणनिम्ति कुनै चासो दिएको पाइँदैन । प्रशारण केन्द्रले भारतबाट आउने विद्युत कटौती भएकाले विद्युुत नियमित गर्न नसकेको हलुका जवाफ दिएर पन्छिने गरेको उपभोक्ताको आरोप छ ।
किन जानकी मन्दिरलाई बनाइदै छ कुरुप
प्राचीन मिथिलाको राजधानीको रुपमा रहेको जनकपुरको प्रसिद्ध जानकी मन्दिर अहिले जथाभावि पोस्टर र होर्डिंग बोर्डको कारणले कुरुप देखिन थालेको छ।
मन्दिरको प्रांगणमा जथाभावि रुपमा टासिने गरिएको पोष्टरको कारणले मन्दिर नै कुरुप देखिने गरिएको छ। कतिपय सिनेमा हलका संचालकहरुले समेत मन्दिरको परिसर परिवरि टासिने गरिएको पोष्टको कारणले गर्दा समेत मन्दिर कुरुप बन्ने गरिएको छ। सार्वजनिक स्थानहरुमा कुनैपनि पोेष्ट टासिनेमा रोक लगाइएको भएपनि तर त्यसलाई लत्याउदै जानकी मन्दिरको वरिपरि जथभावि रुपमा पोष्टहरु टासिने गरिएको छ। मन्दिरको वास्तुकला, मूर्ति, डिजाइन र प्रविधि दर्शनीय, पूजनीय, आस्था र विश्वासका प्रतीकका रूपमा रहेको सो मन्दिर ४९ हजार ५ सय ५५ वर्गफिटमा फैलिएको छ ।
सो मन्दिरमा बेलाबेलामा पुरातात्विक किसिमले रङरोगन नगरिँदा मन्दिरको चारैतिर विभिन्न रङका रङ्गीचङ्गी कला नष्ट हुने अवस्थामा पुगेको छ भने मन्दिरमा प्रयोग भएको सुर्खी र इँटालाई पनि प्रभावित गरेको छ । पुरातात्विक परामर्श्बिना रङरोगनले यसको विलक्षणतालाई नै समाप्त हुने स्थिति आउन सकिने देखिएको छ । सो मन्दिरमा वास्तुकलाकारिताको विलक्षण नमुना रहेको छ । टाढाबाट हेर्दा मन्दिरै मन्दिरको सङ्गालो जस्तो देखिने सो मन्दिर परिसरमा साठी वटा कोठा रहेका छन् ।
सोमध्ये अधिकांश कोठाका पर्खाल कालो भइसकेको छ भने मन्दिर बाहिर आधुनिक किसिमले विश्राम कक्ष निर्माण गराई यसको प्राचीन स्वरूपलाई कुरुप बनाइएको छ । भगवान् रामकी अर्धा्ङ्गिनी सीताको सम्झनामा बनाइएको सो मन्दिरको सुन्दरता र भव्यता आफैँमा विशिष्ट रहेको छ । कसै–कसैले यसलाई भारतको ताजमहलसँग तुलना गरेर पनि हेर्ने गरेका छन् । सो मन्दिरमा मुगल, राजपुताना, मैथिल र हिन्दू शैलीको प्रभाव रहेको छ ।
मिथिला स्वयम् नै मन्दिररूपी पवित्र विशाल घर हो, जुन माटोमा माता जानकी उत्पन्न हुनु, यहाँको माटोको कणकणमा जानकीले लडीबुडी गरी बालक्रीडा गर्नु, भगवान् राम यहाँ आई शिवधनुष भङ्ग गर्नु वैदिककालदेखि नै मिथिलालाई दर्शनीयस्थल बनाएको प्रसङ्गलाई जीवन्त तुल्याउने मौलिक सम्पदाका रूपमा सो मन्दिर प्रख्यात रहेको छ ।
सो मन्दिरको निर्माणमा ब्रिटिस महारानी भिक्टोरियाको चाँदीका सिक्काहरू खर्च भएको थियो, जसको लागत रु नौ लाखभन्दा अधिक थियो । त्यसैले यस मन्दिरलाई नौलाखा पनि भनिन्छ । हिन्दू वाङ्मयमा अनुपम, विलक्षण, आश्चर्यजनक वास्तु, भवन, इमारतलाई सबभन्दा उत्तम दर्जाको एकाइमा भन्नुपर्दा नौ भनिने हुँदा यस मन्दिरले वास्तुकलाको सर्वोत्कृष्ट कला प्रस्तुत गरेकाले पनि नौ लाखा भनिएको हुनसक्ने संस्कृतिविद् डा रेवतीरमण लाल बताउछन् ।
उनका अनुसार अद्भूत र आकर्षक मन्दिरको राज्यले इमान्दारीपूर्वक संरक्षण नगरेका कारण मन्दिरका जग्गा र बहुमूल्य गरगहनाको अवस्था अज्ञात रहेको छ । संरक्षणको अभावका कारण मन्दिरको उत्तरतर्फको प्रवेशद्वारमाथि पत्थरको बनेका सिंहका मूर्तिको हीराजडित आँखा चोरिएको बताइन्छ । मन्दिरको करोडौँ मूल्यको गरगहना संरक्षणका नाममा सरकारले लगेको वर्षौं भइसकेको र ताकेता गर्दा आशाजनक उत्तर नआएको महन्त रामतपेश्वर दास बताउछन् । गौ संरक्षण मञ्चका अध्यक्ष जगदीश महासेठ मन्दिरको वरिपरि मन्दिरभन्दा पनि अग्लो भवन बनाउने कार्य तीव्र भइरहेकाले मन्दिरको अस्तित्व सङ्कटमा परेको छ भन्छन् ।जानकी मन्दिर ५० फिट अग्लो भएको तथ्यलाई ध्यानमा राख्दै उपमहानगरपालिकाले सो क्षेत्रमा ३२ फिटभन्दा अग्लो भवन बनाउन नहुने प्रावधान राखेको छ तर सो प्रावधानलाई बेवास्ता गर्दै सो क्षेत्रमा निजी भवन, होटल र विद्यालय निर्माण भइरहेको छ । संस्कृतिविद् रामभरोस कापडी भ्रमर जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन भोर नामक संस्थाले ५५ हजार हस्ताक्षर सङ्लित गरी अभियान सञ्चालन गरेको अवस्थामा यसको संरक्षणमा सबैको ध्यान जानु आवश्यक भएको खाँचो औँल्याउछन् ।
सो मन्दिरको साविक ५ सय ९८ बिगाहा १० कट्ठा ४ धुर जग्गामध्ये गुठी अधीनस्थ २४ बिगाहा १४ कट्ठा, गुठी रैतान नम्बरी ३ सय ७३ बिगाहा ८ कट्ठा ८ धुर र गुठी तैनाथी ९८ बिगाहा १९ कट्ठा १० धुर गरी ४ सय ७२ बिगाहा १६ कट्ठा जग्गा गुठीमा दर्ता रहेकामा अधिकांश जग्गा भू–माफियामार्फत बिक्री भइसकेको बताइन्छ । प्राध्यापक डा. पशुपतिनाथ झा विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक भएको १० वटै आधार जानकी मन्दिरमा विद्यमान रहेकाले नौ लाखा धरोहरलाई जोगाउन जागरूकताको आवश्यकता रहेको धारणा राख्छन् । हिन्दु धर्ममा लोकप्रिय रहेको रामायणकी सीताको जन्मस्थलमा निर्मित यो मन्दिर भव्य र आकर्षक छ । भारत मध्यप्रदेशस्थित टिकमगढकी राजकुमारी वृषभानु कुँवरीले ९ लाख चाँदीका असर्फी खर्चेर निर्माण गराएको मन्दिर भएकाले यसलाई नौलखा मन्दिर पनि भनिन्छ ्र सन् १८९४ मा शिलान्यास भई सन् १९११ मा मन्दिर निर्माण पूरा भएको थियो । मन्दिर मिथिलाञ्चलबासीका लागि सांस्कृतिक धरोहर पनि हो । मन्दिरको वाषिर्क क्यालेन्डर अनुसार जन्मदेखि मृत्युसम्म प्रायः सम्पूर्ण क्रियाकलाप मिथिला विधिअनुरूप हुने गरेको छ । राम जन्मको अवसरमा हरेक चैत्रमा रामनवमी, वैशाखमा जानकी नवमी, मंसिरमा रामजानकी विवाह महोत्सव, असोज पूणिर्मामा कोजाग्रत, साउन(भदौमा झुला, फागुनमा परिक्रमालगायत मनाइनु यसका उदाहरण हुन् । प्रत्येक महिनाका पूणिर्मामा हजारौ श्रद्धालु भक्तजन सहभागी हुन्छन् । यस मन्दिरलाई नेपाल सरकारले विश्व सम्पदा क्षेत्रमा सुचिकृत गर्न प्रयास जारि राखेको छ । धार्मिक र सास्कृतिक हिसाबले सम्पन्न मैथिली सभ्यताको धरोहरको रुपमा रहेको छ जानकीधाम ।
धनुषाको जनकपुर नगरपालिकाभित्र मात्रै १४ वटा राजगुठीहरु छन् । जानकी मन्दिर, सीताकुण्ड र वीरपुर गुठी भने छुटगुठी अन्तरगत राखिएका छन् । यहाँका सबै गुठीहरु अतिक्रमणमा परेका छन् । प्रशिद्ध जानकी मन्दिरको जमीनमा सबैभन्दा बढी अतिक्रमण भएको छ ।
जनकपुर नगरपालिका क्षेत्रको गुठीको जमीनमा कतिसम्म अतिक्रमण भएको छ भने राममन्दिरको साविक २ हजार ८ सय ६७ विगाहा जग्गामध्ये २५ सय विगाहा अतिक्रमणमा परिसकेको छ ।
जानकी मन्दिरको ६ सय विगाहमध्ये ५ सय ३० विगाह, लक्ष्मण मन्दिरको ४ सय १० विगाहामध्ये ३ सय ९० विगाहा र रत्नसागरको ६५ विगाहामध्ये ४२ विगाहा जमीन अतिक्रमणमा परेको छ ।
त्यस्तै कुवा मठको ४ सय ८५ विगाहामध्ये ४ सय ६० विगाहा र हनुमान मठको १ सय ४३ विगाहा मध्ये १ सय ३० विगाहा जमीन अतिक्रमणमा परेको छ ।
जनकपुरधाममा ७२ तलाउ, १५ कूप (कुवा), १५ शिवालय, २४ देवीपीठ, ५ उपवन, २६ ऋषि आश्रम बनेको तथ्यांकमा देखिन्छ । तर, ती मठमन्दिर, कुटी, सरोवर र कुण्ड आदि अतिक्रमणमा परेर लोपोन्मुख छन् ।
रामानन्द सम्प्रदायका उन्नायक सन्त रामानन्दको गुठी जमीनसमेत भूमाफियाको हातबाट बेचिइसकेको छ । वैष्णव सन्त रामानन्दका नाममा अहिले सार्वजनिक चोकमात्रै बाँकी छ ।
जानकी माताका लागि बनेको पवित्रतम् पयश्विनी सर (पोखरी) मासेर निरन्जन साहले मानकी होटल खडा गरेका छन् ।
पवित्र जनक सरोवरलाई वकिल टोलका वासिन्दाले लोप गराइसकेका छन् ।
अमृतकुण्ड, बलदेवसर र गोपालसरलगायतको जमीन व्यापारीहरुले कब्जा गरेर मांस मदिरा बेच्ने बजार बनाएका छन् ।त्यस्तै जनकपुरका प्रशिद्ध तैलघृतिकासर, मण्डनसर, चन्द्रकुप, रामसागर, मुरली(सर, पादप्रक्षालन (गोडधोई)सर, पुरन्दरसर, पाकवतीसर, दीर्घिकासर, लक्ष्मणसर, सेवामन्तकसर, धूतपापसर, सीताकुण्ड, पापमोचनीसर आदिले पनि निरन्तर अतिक्रमण झेल्दैछन् ।मन्दिरको संरक्षणका लागि धनुषा र महोत्तरी जिल्लामा विभिन्न २३ गुठी खडा भई ६ हजार विगाहाभन्दा बढी जमीनको देवगुठी स्थापित भएको थियो । यी गुठीको ५ हजार विगाहा भन्दा बढी जमिन व्यक्तिको भोगचलनमा पुगिसकेको छ ।वि.सं. १४१७ मा भारतको राजधानस्थित लोहागढबाट जनकपुर आएका आदि महन्थ सुरकिशोरदास वैष्णवले राम–जानकीको प्रतिमा फेलापारेको बताइन्छ । १७८४ मा मकवानपुरका राजा मानिक सेनले जानकी मन्दिरको नाउँमा १४ सय बिघा दान दिएको लिखत अझै छ ।
जनकपुरको धार्मिक सम्पाद मध्ये एक रहेको जनकपुरको प्रसिद्ध जानकी मन्दिरलाई कुरुप बनाउनेहरुमाथि स्थानिय प्रशासनले कारवाही गर्नुपर्ने आवश्यकता रहेको छ ।मन्दिरको अवस्था देखेर बाहिरबाट आउने गरिएको पर्यटकहरुले समेत आफनो नाक खुम्चयाउने गरेका छन।
सहबासबाट महिला र पुरुषले प्राप्त गर्ने फाइदा
यौन जीवनको महत्वपूर्ण पक्ष हो र
प्रेम व्यक्त गर्ने तरिका पनि
। साथै यो स्वास्थ्यका
लागि पनि लाभदायक छ।
मुटुलाई सुरक्षित राख्छ
यौनमा सक्रिय रहने व्यक्ति यो क्रियामा कम सक्रिय रहने व्यक्तिको तुलनामा बढी सुरक्षित हुन्छ । त्यस्ता व्यक्तिमा हृदयसम्बन्धी विरामी हुने खतरा कम हुन्छ । ब्रिटिश अनुसन्धानकर्ताहरुले गरेको अध्ययनअनुसार सातामा दुई वा दुईभन्दा बढी यौनक्रियामा संलग्न हुने पुरुषमा कम यौन क्रियामा संलग्न हुने पुरुषको तुलनामा हृदयघातको खतरा कम हुन्छ ।
यो अध्ययन ९सय जना पुरुषमा गरिएको थियो। यौनसम्पर्कका लागि उत्तेजित हुने बित्तिकै धुकधुकी प्रतिमिनेट ७० देखि १ सय ५० सम्म पुग्छ । त्यसैगरी मनको धडकन पनि बढ्छ, रगत तिब्ररुपमा प्रवाहित हुन्छ, जसबाट अक्सिजनको सप्लाई पनि बढ्छ । मष्तिस्कमा रगतको प्रवाह बढ्छ । यसबाट मुटुको स्वास्थ रहन्छ ।
महिलालाई एन्ड्रोमेट्रिओसिसबाट बचाउँछ
नियमित सहबासले महिलाको सुन्दरता र फिटनेस बढाउँछ । साथै यसले एन्डोमेट्रिओसिसबाट पनि सुरक्षा प्रदान गर्दछ । एन्डोमेट्रिओसिस महिलामा हुनेएक आम समस्या हो, जसमा उनीहरुको नितम्बमा पीडा हुन्छ ।अनुसन्धानअनुसार यौन क्रियामा सक्रिय रहने महिलामा एन्डोमेट्रिओसिस हुने खतरा कम हुन्छ । महिनावारीको समयमा पनि यौन प्रक्रियामा रहने महिलामा एन्डोमेट्रिओसिसको खतरा १ दशमलव ५ गुना कम हुन्छ ।
प्रोस्टेट क्यान्सरबाट जोगाउँछ
एक अध्ययनअनुसार बारम्बार स्खल हुनाले प्रोस्टेट क्यान्सरबाट सुरक्षा प्राप्त हुन्छ । यो अध्ययन २० वर्षसम्मका पुरुषमा गरिएको थियो, जसअनुसार सातामा पाँचपटकसम्म यौनको आनन्द उठाउने पुरुषमा प्रोस्टेट क्यान्सरको खतरा एक तिहाई कम भएको पाइएको थियो ।
राम्रो हुन्छ व्यस्तता
यौन सम्पर्क गर्दा शक्ति क्षय मात्र नभई तौल पनि घट्छ ।अध्ययन अनुसार यौन सम्पर्कका बेला प्रतिघण्टा २ सय ६० क्यालोरी ऊर्जा खर्च हुन्छ ।
मुटुलाई सुरक्षित राख्छ
यौनमा सक्रिय रहने व्यक्ति यो क्रियामा कम सक्रिय रहने व्यक्तिको तुलनामा बढी सुरक्षित हुन्छ । त्यस्ता व्यक्तिमा हृदयसम्बन्धी विरामी हुने खतरा कम हुन्छ । ब्रिटिश अनुसन्धानकर्ताहरुले गरेको अध्ययनअनुसार सातामा दुई वा दुईभन्दा बढी यौनक्रियामा संलग्न हुने पुरुषमा कम यौन क्रियामा संलग्न हुने पुरुषको तुलनामा हृदयघातको खतरा कम हुन्छ ।
यो अध्ययन ९सय जना पुरुषमा गरिएको थियो। यौनसम्पर्कका लागि उत्तेजित हुने बित्तिकै धुकधुकी प्रतिमिनेट ७० देखि १ सय ५० सम्म पुग्छ । त्यसैगरी मनको धडकन पनि बढ्छ, रगत तिब्ररुपमा प्रवाहित हुन्छ, जसबाट अक्सिजनको सप्लाई पनि बढ्छ । मष्तिस्कमा रगतको प्रवाह बढ्छ । यसबाट मुटुको स्वास्थ रहन्छ ।
महिलालाई एन्ड्रोमेट्रिओसिसबाट बचाउँछ
नियमित सहबासले महिलाको सुन्दरता र फिटनेस बढाउँछ । साथै यसले एन्डोमेट्रिओसिसबाट पनि सुरक्षा प्रदान गर्दछ । एन्डोमेट्रिओसिस महिलामा हुनेएक आम समस्या हो, जसमा उनीहरुको नितम्बमा पीडा हुन्छ ।अनुसन्धानअनुसार यौन क्रियामा सक्रिय रहने महिलामा एन्डोमेट्रिओसिस हुने खतरा कम हुन्छ । महिनावारीको समयमा पनि यौन प्रक्रियामा रहने महिलामा एन्डोमेट्रिओसिसको खतरा १ दशमलव ५ गुना कम हुन्छ ।
प्रोस्टेट क्यान्सरबाट जोगाउँछ
एक अध्ययनअनुसार बारम्बार स्खल हुनाले प्रोस्टेट क्यान्सरबाट सुरक्षा प्राप्त हुन्छ । यो अध्ययन २० वर्षसम्मका पुरुषमा गरिएको थियो, जसअनुसार सातामा पाँचपटकसम्म यौनको आनन्द उठाउने पुरुषमा प्रोस्टेट क्यान्सरको खतरा एक तिहाई कम भएको पाइएको थियो ।
राम्रो हुन्छ व्यस्तता
यौन सम्पर्क गर्दा शक्ति क्षय मात्र नभई तौल पनि घट्छ ।अध्ययन अनुसार यौन सम्पर्कका बेला प्रतिघण्टा २ सय ६० क्यालोरी ऊर्जा खर्च हुन्छ ।
राम्रो निद्रा आउँछ
यौन सम्पर्कमा चरमसुख प्राप्त भएपछि शरीरमा अक्सिटोसिन, बेसोप्रेसिन तथा प्रोलेक्टिन नामक हामोन्स श्रावित हुन्छ । यसबाट भावनात्मक सन्तुष्टि प्राप्त हुन्छ । राम्रोसँग निद्रा आउँछ र व्यक्तिले ताजापन एवं स्फुर्ति महशुस गर्दछ । एजेन्सी
यौन सम्पर्कमा चरमसुख प्राप्त भएपछि शरीरमा अक्सिटोसिन, बेसोप्रेसिन तथा प्रोलेक्टिन नामक हामोन्स श्रावित हुन्छ । यसबाट भावनात्मक सन्तुष्टि प्राप्त हुन्छ । राम्रोसँग निद्रा आउँछ र व्यक्तिले ताजापन एवं स्फुर्ति महशुस गर्दछ । एजेन्सी
सर्लाहीमा विद्युत महसुल नबुझाउने ६० ग्राहकको लाइन काटियो
सर्लाही, ९ भदौ । सर्लाही सदरमुकाम मलंगवामा रहेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रले ६० जना भन्दा बढी ग्राहकको बिजुली काटेको छ ।
प्राधिकरणले एक हप्ताको अवधीमा वर्षौ देखि विद्युत महसुल नबुझाउने ६० जना भन्दा बढी ग्राहकको लाइन काटेको हो । सदरमुकाम मलंगवा सहित दक्षिणी क्षेत्रका फूलपरासी, बलरा, अचलगढ, गोडैता, बरहथवा लगायतका क्षेत्रमा महसुल नबुझाउने उपभोक्ताहरुको लाइन काटिएको नेपाल विद्युत प्राधिकरण मलंगवा वितरण केन्द्रका प्रमुख विष्णुप्रसाद यादवले जानकारी दिनुभयो ।
उहाँका अनुसार वर्षौ देखि महसुल नबुझाउने उपभोक्ताहरुको लाइन काटन अहिले जिल्लाभर नै कर्मचारी परिचालन गरिएको छ । प्राधिकरणको मलंगवा वितरण केन्द्र अन्तर्गत २८ करोड भन्दा बढी विद्युत बक्यौता उठ्न बाँकी रहेको यादवले बताउनुभयो ।
त्यसमध्ये एक करोड १८ लाख रुपैँया सडक बत्तीको बक्यौता रकम उठ्न बाँकी छ । विद्युत महसुल नबुझाउनेहरुमा सर्वसाधारण, विभिन्न उद्योग, सरकारी कार्यालय र अस्पतालहरु रहेका छन् । विद्युत महसुल नबुझाउने ५० हजार रुपैँयादेखि साँढे २ लाख रुपैँयासम्म बक्यौता बाँकी रहेका उपभोक्ताहरु रहेका नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र मलंगवाले जनाएको छ ।
प्राधिकरणले एक हप्ताको अवधीमा वर्षौ देखि विद्युत महसुल नबुझाउने ६० जना भन्दा बढी ग्राहकको लाइन काटेको हो । सदरमुकाम मलंगवा सहित दक्षिणी क्षेत्रका फूलपरासी, बलरा, अचलगढ, गोडैता, बरहथवा लगायतका क्षेत्रमा महसुल नबुझाउने उपभोक्ताहरुको लाइन काटिएको नेपाल विद्युत प्राधिकरण मलंगवा वितरण केन्द्रका प्रमुख विष्णुप्रसाद यादवले जानकारी दिनुभयो ।
उहाँका अनुसार वर्षौ देखि महसुल नबुझाउने उपभोक्ताहरुको लाइन काटन अहिले जिल्लाभर नै कर्मचारी परिचालन गरिएको छ । प्राधिकरणको मलंगवा वितरण केन्द्र अन्तर्गत २८ करोड भन्दा बढी विद्युत बक्यौता उठ्न बाँकी रहेको यादवले बताउनुभयो ।
त्यसमध्ये एक करोड १८ लाख रुपैँया सडक बत्तीको बक्यौता रकम उठ्न बाँकी छ । विद्युत महसुल नबुझाउनेहरुमा सर्वसाधारण, विभिन्न उद्योग, सरकारी कार्यालय र अस्पतालहरु रहेका छन् । विद्युत महसुल नबुझाउने ५० हजार रुपैँयादेखि साँढे २ लाख रुपैँयासम्म बक्यौता बाँकी रहेका उपभोक्ताहरु रहेका नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र मलंगवाले जनाएको छ ।
Subscribe to:
Posts (Atom)




