जनकपुरधाम, असोज २३ गते। बडादसैँको अष्टमीका दिन आज मिथिलाका नारीले
सौभाग्यवती एवम् सन्तानको कामना गर्दै देवी दुर्गा भवानीको ‘खोइँछ’
(पोल्टा) भर्ने विधि गरिरहेका छन् ।
नवरात्र सुरू भएदेखि नै देवी दुर्गाको उपासना गर्दै आएका विवाहित मैथिल
महिलाले दुबो अक्षता, फल, बेसारको गिँड, सुपारी, पान र भेटीसहितको पोका
देवी दुर्गाको पोल्टामा चढाउँदै पराम्परागत सो विधिलाई निरन्तरता दिंदै
आएका हुन् ।
भगवती दुर्गा असोज शुक्ल प्रतिपदाका दिन माइतमा आएर नौ दिनसम्म बस्ने र
दशमीका दिन ससुराली जाने धार्मिक मान्यताका कारण ‘खोइँछ’ भर्ने गरिएको
पाइन्छ ।
मिथिलाञ्चलको पुरानो परम्परा रहेको यो विधि पूरा गर्न रातिदेखि नै शक्तिपीठ, देवीमन्दिरमा विवाहित मैथिल महिलाको घुइँचो लागेको छ ।
यसैबीच देवी दुर्गाका नवनिर्मित प्रतिमामा आँखा उघार्ने विधिसमेत
सम्पन्न गरिएको छ । मिथिलामा माटोबाट बनाइएका देवी दुर्गाको प्रतिमाको
अष्टमीका दिन बेलको डाँठबाट आँखा उघार्ने प्रचलने छ ।
No comments:
Post a Comment