मोरङको ग्रामीण भेकका आदिवासी सन्थाल
(सतार) र झाँगड समुदायकालाई विजयादशमीको सेरोफेरोमा परम्परागत पोसाकमा
पस्कँदै आएको लोकनृत्यको तयारी गर्न कठिन भएको छ ।
मध्य असोजमा समेत जारी झरीले गाउँका कच्ची बाटो हिलामय भएर आवागमन असहज हुँदा उनीहरु अप्ठेरोमा परेका हुन् । दसैंमा साँस्कृतिक कार्यक्रम गर्नलाई ठाउँ छैन । उनीहरुले पुजा, भोज र लोक नृत्यकालागि सामग्री किन्नलाई समुदायका सदस्यहरुबाट चन्दा समेत उठाउन सकेका छैनन् ।

सन्थालकै मात्र ३५ घर रहेको मोरंगको
थलाहा–८, विरटुलाको सवा सय मिटर बाटो त धानखेत जस्तै देखिन्छ । उक्त वडाको
विरटुला, केशोरिया, बालुघाट, खाटोला र सिसुरटोलाका सय घरमा झन्डै ३ सय
सन्थाल बस्छन् ।
ठाउँठाउँमा यस्तै समस्या हुँदा उनीहरु किनमेलकालागि सहरबजारसम्म पुग्न सकेका छैनन् । ‘झरी र गर्मीले आउन जान नसक्दा समुदायको भेला गर्न समेत मुश्किल छ,’ सन्थाल समुदायका २४ वर्षे शैला हेमरमले भने ।
झाँगड समुदायका अगुवा थलाहा–९, ढेलाखौकीका ६० वर्षीय रबिलाल उराँवले गाउँमा राम्रो बाटो नहुँदा र कतैबाट आर्थिक सहयोग नजुट्दा परम्परा जोगाउन हम्मे परेको बताए । ‘पानी पर्न छाडेको छैन, हिलोले गर्दा छिमेकीको घरसम्म जान सकिन्न,’उनले भने,‘स्वजातीबाट पुजा खर्च उठाउन पनि सकिएको छैन ।’ आफ्ना समुदायका सबैलाई निम्तो दिएर एक थलोमा भेला पारी झाँगड समुदायले गर्ने नृत्यलाई कर्माधर्मा भनिन्छ । उक्त गाविसका १ सय २ घरमा करिब ४ सय ३५ जना झाँगड जातीका बस्छन् ।
रोचक के छ भन्ने सन्थाल र झाँगड वस्तीभन्दा थोरै दुरीमा ४० मीटर पक्की पुल छ भने छेउकै सवा सय मिटर मार्ग कच्ची छ । उक्त पुलले पूर्वको थलाहा, पश्चिमको कटहरी–९ र उत्तरको भौडाहा गाविसलाई जोड्छ ।
झन्डै ५ वर्षदेखि यति छोटो बाटो नबन्दा चाँडपर्व, विहे, ब्रतबन्ध र स्थानीयको उपचारमा समेत बाधा भइरहेको हुन्छ । एम्बुलेन्सलाई थोरै परको पुल छेउको सडकमा उभाएर विरामीलाई खाटमा राखेर पुरयाउनु परेको स्थानीय ५३ वर्षीय महेन्द्र महतोले पीडा सुनाए ।
‘धेरै पटक धाएँ, केन्द्रले बजेट नछुट्टयाएको सडक डिभिजन कार्यालय विराटनगरले जवाफ दिन्छ,’ उनले भने । सडक कार्यालयको भरमा पर्दा र स्थानीयवासी नजाग्दा नाला निर्माण एवं ग्राभलिंग हुन नसकेको थलाहा गाविसका सचिव भोजराज भुजेलले बताए । ‘अर्काले बनाएर दिन्न, आफैले बनाउने सोच राखेर अघि बढ्नुपर्छ,’उनले भने ।
गिलो माटो भएको हुनाले वर्षायाममा गल्ने र गर्मीमा पत्थरजस्ते हुनेहुनाले आफूहरुसँग भएको कोदालोले नाला समेत खन्न नसकेको महतोले बताए । ‘बिना नाला बाटोको अस्तित्व रहन्न, खन्नलाई स्काईभेटर नै चाहिन्छ,’उनले भने । कात्तिक/मंसिरमा मौसम अनुकुल र माटो पनि हल्का हुनेहुनाले सडक बनाउन सजिलो हुने महतोले जानकारी दिए ।
स्थानीयको श्रमदान र स्काईभेटरको प्रयोग गर्दा करिब डेढ लाख रुपैयाँमै यो कार्य सम्पन्न हुने सचिव भुजेलले जानकारी दिए । ‘म यस पटक बजेट छुट्टयाएर जसरी नि बनाउँछु,’ उनले कान्तिपुरसँग भने ।
उल्लेखनीय के छ भने यी लोक साँस्कृतिक सम्पदाको संरक्षणकालागि सन्थाल र झाँगडले सरकारी वा गैर सरकारी निकायबाट अहिलेसम्म कुनै सहयोग पाएका छैनन् । ‘ब्यानर र परम्परागत नयाँ लुगा किन्न समुदायकै प्रति व्यक्तिबाट चन्दास्वरुप सय रुपैयाँ उठाउँछौं,’ सन्थाल हेमरमले भने ।
संस्कृति एवं परम्परा जोगाउनलाई जनजाती/आदिवासीको नाउँमा सरकारले छुट्टयाउने रकम आफूहरुले अहिलेसम्म नपाएको झाँगड उराँवले प्रष्ट पारे ।
यही प्रयोजनकालागि वार्षिक निश्चित रकम निकासा हुने गरेको गाविस सचिव भुजेलले बताए । ‘उनीहरुकै नेतृत्व गर्नेले लान्छन्, नपाएको सुन्दा अचम्म लाग्यो,’उनले भने,‘आफ्नो हककालागि स्थानीय आफैं अघि नसरेसम्म खाने प्रवृति रोकिन्न ।’
दसैं मेला आयोजकहरुले लोक नृत्य प्रतियोगितामा प्रथम, द्वीतीय र तृतीय हुने टोलीलाई प्रोत्साहनकालागि केही नगद पुरस्कार र प्रमाणपत्र दिने गर्छन् । उराँवको टोली गत वर्ष ४ हजार रुपैयाँ नगद हात पारेको थियो । यी दुवै जातीले दसैंमा एक अर्काको हात समाएर परम्परागत लोकबाजाहरु र सिठीको धुनमा लोकदोहोरी शैलीमा गीत गाउँदै खुट्टा अगाडी पछाडी गरी नाँच्छन् ।
सन्थालले पृथ्वीको उत्पतिकालदेखि दुर्गा महिमासम्मको गीत गाउँछन् भने झाँगडले प्रेम, विहे र युवायुवतीको सम्बन्ध बारेको लोकगीत गाउँदै मनोरम नृत्य प्रदर्शन गर्छन् । २०/२५ जनाको समूहमा सन्थालले नवमीदेखि एकादसीसम्म र झाँगडले विजयादशमीपछि पुर्णिमामा नाँच्छन् ।
उनीहरु निम्तो आयो भने जहाँ पनि पुगेर लोकनृत्य प्रस्तुत गर्छन् । अन्य चाँडपर्वमा सन्थाल समुदायका महिलापुरुष मिलेर नाँच्छन् । दसैंमा भने पुरुष मात्र नृत्य गर्छन् । झाँगड समुदायका महिलापुरुष भने हरेक सांस्कृतिक मौकामा मिलेरै नाँच्छन् ।
गाउँको खुल्ला सार्वजनिक थलोमा नवमीमा पुजा गरेपछि सन्थाल समुदायका पुरुषहरुले साँस्कृतिक झाँकीसहित आदिवासी नृत्य प्रस्तुत गर्छन् । ‘दशमी र एकादशीमा मन्दिर एवं मेलामा नाँच्छौं,’ हेमरमले भने । उनीहरु वरिपरिको गाउँ सिसवनीजहदा–१ स्थित दुर्गा मन्दिर र कटहरी–९ स्थित बजारमा लाग्ने मेलामा नाँच्छन् ।

No comments:
Post a Comment